Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 2.80/5.00)
Text size:-
+
-

विदेशीले नेपाली गीत गाउँदा कस्तो सुनिन्छ ? (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2013/12/15

भनिन्छ नि, गीत संगीतको भाषा हुँदैन । फिल्म 'बितेका पल'मा समावेश गीत 'जब साँझ पर्छ... ' बोलको गीतले संगीत र कलाको परिधि फराकिलो हुन्छ भन्ने प्रमाणित गरिदिएको छ । डम्वर नेपालीको शब्द तथा संगीत रहेको उक्त गीतलाई विश्वका विभिन्न शहरमा बस्ने विदेशीले अत्याधिक रुचाएका छन् ।

 

फिल्मीखबरलाई प्राप्त भिडियोमा नेपाली गीतलाई विदेशीले रमाइलो ढङ्गले गाएका छन् । फिल्मका निर्मात मध्येका एक अमेरिकामा बस्दै आएका कृष रिजालले 'बितेका पल' हेर्न नेपाली मात्र हैन बिदेशी पनि निकै उत्सुक रहेको बताए । बिदेशीको नेपाली फिल्म र गीत संगीत प्रतिको उत्सुकता प्रस्तुत भिडियोमा प्रस्ट झल्किन्छ ।

 



 

निर्माता राजेश घतानीका अनुसार गीतको एल्बम विक्रीबाटै ३० लाख नगद हात परिसकेको छ । 'एल्बम विक्रीबाटै अझै ५ लाख रकम उठ्न बाँकी छ', आफ्नो फिल्मको गीत निकै चर्चित भएको भन्दै निर्माता घतानीले दाबी गरे- 'नेपालमा विक्री हुने एल्बमको रकम जोडिएको छैन ।' अमेरिका तथा जर्मनीमा फिल्मको अडियो रिलिज गरिएपनि नेपालमा बिधिबत रूपमा गरिएको छैन । केहि दिनमा एक बिशेष समारोहमा फिल्मको अडियो विमोचन गरिने निर्माता घतानीले जानकारी गराए ।
 

यही पौष २६ गतेबाट अल नेपाल प्रदर्शनमा आउने फिल्म 'बितेका पल'मा केकी अधिकारी, अभिनाश गुरुङ र बाबु बोगटीको मुख्य अभिनय छ । सत्य प्रेमकथाको फिल्मलाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन् ।