अभिनेत्री रेखा थापाले सुर्खेत जिल्लाको जंगलमा बस्दै आएका ५२ राउटे परिवारलाई एक-एक बोरा चामल वितरण गरेकी छिन् । रेखा स्वयम् अध्यक्ष रहेको रेखा थापा फाउन्डेसनले ती राउटे परिवारलाई एक महिनाको लागी चामल वितरण गरेको हो ।
.jpg)
.jpg)
चामल बाँड्न र राउटेका बच्चालाई विद्यालय भर्ना गर्ने प्रक्रिया बुझ्न रेखा फाउन्डेशनको टोली सहित गत शुक्रबार सुर्खेत गएकी थिइन् । यो साता राउटेसँगै बिताउने रेखाले बताएकी छिन् । राउटेका बच्चालाई विद्यालय भर्ना गर्नुको साथै उनीहरुलाई नागरिकता प्रदान गर्ने समेत आफ्नो योजना रहेको रेखाले बताइन् । रेखाले भनिन्- 'केही विद्यालयसँग राउटेका बच्चालाई भर्ना गर्ने बारे कुरा भैरहेको छ ।'

.jpg)
'फिल्ममा जस्तै समाजसेवामा पनि सफल हुने विश्वासले यो कार्य सुरु गरेकी हुँ,' रेखाले भनिन् । रेखाले राउटेका बच्चालाई शिक्षा प्रदान गर्दै नागरिकता उपलब्ध गराउने उद्घोष हङकङ पुगेर गरेकी थिइन् ।

