
नेपाल बस्दा फिल्म क्षेत्रको काम गराईलाई युरोपमा बसेर पलपलमा सम्झिरहने अभिनेत्री पार्वती अधिकारी तीन बर्ष पछि नेपाल गएर पुन: यो क्षेत्रमा सक्रिय हुने चाहना रहेको बताउँछिन् ।

फुलपातीको फिल्मी बजार रेखा भर्सेज रेखा हुने भएको छ । रेखा फिल्मस्को काली र भोजपुरीको नेपाली डबिङ दामिनी फिल्म फुलपातीमा एकसाथ रिलिज हुनेछन् । यी दुवै फिल्मको प्रमुख पात्र अभिनेत्री रेखा थापा हुन् ।

बोल्न नसक्ने पात्रको प्रेम कस्तो होला ? फिल्म मौनले यसको जिज्ञासा पक्कै मेट्नेछ । त्यसका लागि असोज ११ गते पर्खनु पर्नेछ । अहिलेलाई भने मौन फिल्म निर्माण युनिटले बोल्न नसक्ने दुई पात्र नम्रता श्रेष्ठ र अर्पण थापाको रोमान्टिक गीत रिलिज गरेको छ ।

अभिनेत्री निता ढुङ्गानाले आफ्नो जन्मदिन अनाथ बालबालिकासँग मनाउने भएकी छिन् । हेटौंडा नगरमा जन्मिएकी निताले आज दिउँसो २ बजे काडाँघारी स्थित सृजनशील अनाथ गृहमा १७ जना बालबालिकासँग जन्मदिन मनाउने तयारी गर्दैछिन् ।

हाँस्य अभिनेता तथा निर्देशक शेखर खनाल पुरुषले फेरि फिल्म निर्देशन गर्ने भएका छन् । खनालले कामद फिल्म्सको व्यानरमा सरोज विष्टले निर्माण गर्ने फिल्म ऐश्वर्य निर्देशन गर्ने भएका हुन् ।

फिल्म 'मेरो कथा'को बिशेष प्रदर्शनबाट संकलित रकम क्यान्सर अस्पताल भरतपुरमा उपचारार्थ बालबालिकाहरुको सहयोगका लागि हस्तान्तरण गरिएको छ ।

