Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

`भुत्ते` फिल्महरूको भिडमा `छ एकान छ` उत्कृष्ट ?

श्यामराज विक, चितवन, 2013/12/30

कमजोर 'भुत्ते' अवस्थामा रहेका नेपाली फिल्महरूको भिडमा 'छ एकान छ' फिल्म उत्कृष्ट बनेको निर्माता तथा कलाकार दिपकराज गिरीले दाबी गरेका छन् । सोमबार चितवनमा चलचित्र पत्रकार संघ चितवन शाखाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै गिरीले आफ्नो फिल्म राम्रो बनेको दाबी गरेका हुन् ।

 


फिल्मकी अर्को निर्माता दीपाश्री निरौलाको साथमा चितवन पुगेका गिरीले सञ्चारकर्मीहरूमाझ बोल्दै आफूले निर्माण गरेको यो फिल्म असफल भने आगामी दिनमा फिल्म निर्माण नगर्ने मनसाय व्यक्त गरे । यस्तै उनले फिल्म हिट भएको खण्डमा हरेक बर्ष एउटा रामो फिल्म बनाउने समेत बताए ।


फिल्मकै प्रचारका लागि काठमाण्डौ बाहिर निस्केका कलाकार गिरीले आफ्नो फिल्मले कुनै सन्देश नदिने बताउँदै दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्ने बताए । निर्माता दीपाश्रीले पनि फील्म राम्रो बनेको दाबी गरिन् । दिपक र दीपा आजै चितवनको सौराहमा जारी हाती दौडमा फिल्मको प्रचार गर्न पुगे । उनीहरू मंगलबार हेटौंडा र बिरगञ्ज पुग्ने कार्यक्रम रहेको छ ।