Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18793 - 18798 of 23736
फिल्मीखबर, काठमाण्डौ, 2013-09-18, बुधवार

मंसिर ४ को संविधान सभाको चुनावमा प्रत्यक्ष तर्फको टिकट निर्माता तथा अभिनेता रोज राणालाई दिनुपर्ने भन्दै दुई दर्जन भन्दा बढी फिल्मकर्मी काङ्ग्रेस नेतृत्वको निवासमा पुगेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-18, बुधवार

लुट निर्देशक निश्चल बस्नेतको दोस्रो प्रोजेक्ट टलक जंग भर्सेज टुल्केका मुख्य कलाकार र प्रविधिक सदस्य फाइनल भएका छन् । निश्चलको फिल्ममा खगेन्द्र लामिछाने, ऋचा शर्मा, सुशाकं मैनाली, दयाह्याङ राई, रविन्द्र सिंह बाँनिया, प्रकाश घिमिरे, रजनी गुरुङ, राजु थापा मुख्य कलाकारको रुपमा रहनेछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-18, बुधवार

कानुनको सम्मान गर्दै हाँस्य कलाकारद्धय दिपकराज गिरी र दिपाश्री निरौलाले मादक पदार्थ सेवन (मापसे) कक्षा लिएका छन् । दिपा र दिपकले हिजो (असोज १ गते) साँझ महानगरीय ट्राफिक प्रहरी महाशाखा कार्यालयमा १ घण्टाको चेतना मुलक कक्षा लिएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-17, मंगलवार

कार्यक्रम चलिरहँदा प्रविधिक संघका अध्यक्ष मनोज केसीले बोल्दै गरेको माइक खोसेर भने- 'प्राविधिक संघलाई नसम्झिएको प्रति मेरो खेद छ ।' अध्यक्ष केसीको यो आक्रोशलाई न कार्यक्रम सञ्चालकले वास्ता गरे न आयोजक टिमले नै । आक्रोश पोखे पछि अध्यक्ष केसी ड्यासमा बस्न पुगे ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-17, मंगलवार

सानो पर्दाकी चर्चित अभिनेत्री सरिता लामिछानेले फिचर फिल्ममा पुनारागमन गर्दैछिन् । फिचर फिल्म 'श्रीमान श्रीमती' खेलेको लामो समय पछि उनी विकास आचार्यको सिक्वेल फिल्म 'फेरी नाइ नभन्नु ल' मार्फत अभिनयमा फर्कन लागेकी हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-17, मंगलवार

मुनाल घिमिरेको डेव्यु निर्देशन रहने फिल्म 'ईच्छा'को एक प्रेस समारोहका बिच मुहर्त गरिएको छ । यसअघि 'हे ब्यूटीफूल' नामक फिल्म बनाउने घोषणा गरेका निर्देशक घिमिरेले नाम परिवर्तन गर्नुको कारण भने मुहुर्त कार्यक्रममा खुलाएनन् ।

Results : 18793 - 18798 of 23736