Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(47 votes, avg 4.83/5.00)
Text size:-
+
-

पुसको कठ्याङ्ग्रिदो जाडोमा पानीमा रूझ्दा

फिल्मीखबर, काठमाण्डौ, 2013/12/30

पुसको जाडो त्यसैमाथी रातको समयमा पानीमा रूझ्दा कस्तो होला ? पक्कै पनि जो कोही व्यक्तिले सो अवस्थालाई आत्मसाथ गर्न सक्दैन । तर मध्य बानेश्वरमा भने दुई दिनसम्म चारजना तन्नेरीहरू जाडोमा पानीसँग लुकामारी खेले ।

 

सञ्चारकर्मी लक्ष्मण सुवेदीको निर्देशनमा छायाँकन भईरहेको फिल्म 'एउटा साथी'का तन्नेरी कलाकारहरू सलोन बस्नेत, रिस्ता बस्नेत, जोन तामाङ र रबिना खड्कालाई पानीमा रूझ्न निकै कठिन थियो । कलाकार भएपछि न पानी न घाम, जस्तो सुकै अवस्थाको पनि सामना गर्नुपर्ने हुन्छ । यसै नै चिसोले कठ्याङ्ग्रिने शरिरमा पानी पर्दाको अवस्थालाई यि चार कलाकारले जीवनमा नै नबिर्सने क्षणको अनुभव लिए ।

 

फिल्मको कथाले नै पानी परेको दृश्य मागेकाले जाडोको समयमा पनि कृतिम पानी पारेर कलाकारलाई रूझाउन परेको निर्देशक सुवेदीले बताए । यति सिनको लागि अर्को मौसम कुर्न सक्ने अवस्था नरहेकाले कलाकारलाई सहनसक्ने वातावरणको सिर्जना गरेर अफ्ठ्यारोका बाबजुत पनि सुटिङ गरिएको उनको भनाई थियो । कलाकार भने टेक दिएपश्चात बोल्न सक्ने अवस्थामा देखिन्थेनन् । तरपनि उनीहरूमा अभिनयको 'प्यासन' देखिन्थ्यो ।

 

सलोन फिल्म्सको व्यानरमा सोभित बस्नेतले निर्माण गरेको यो फिल्मको सुटिङ गत मंसिर ३० गतेबाट शुरू गरिएको थियो । फिल्ममा नयाँ अनुहारको रूपमा करिश्मा श्रेष्ठ सहित अनु शाहको पनि अभिनय हेर्न सकिन्छ ।