
चलचित्र विकास वोर्ड अध्यक्ष गणेश भण्डारीले २०६८ साल बाट मनाउन सुरु गरेको चलचित्र दिवस यस वर्ष पनि खल्लो रह्यो । गत वर्ष जस्तै ०७० मा पनि वोर्डले चलिचित्र दिवसमा कुनै औपचारिक कार्यक्रम राखेको छैन ।

फिल्म क्षेत्रका दुई अभिनेता भुवन केसी र दिलिप रायमाझी आज एकैदिन (असोज १ गते) जन्मदिन मनाउँदैछन् । वर्थडे मुडमा रहेका यी दुई अभिनेताले जन्मदिनमा फिल्मीखबर समक्ष करिअरका महत्वपूर्ण योजना सार्वजनिक गरेका छन् ।

शशस्त्र द्धन्द्धको समयमा जेलका कैदीले पाएका चरम यातनालाई फिल्म बधशालामा उतारेका निर्देशक मनोज पण्डितले अब भने मधेशमा रहेको हतियार र व्यक्तिको मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने फिल्म निर्देशन गर्ने भएका छन् ।

यहि असोज ४ गतेबाट देशब्यापी प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्राण भन्दा प्यारो’को निर्माण युनिटले सोमवार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम गरेको छ । फिल्मको बारेमा जानकारी दिन पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो ।

अभिनेता भुवन केसीले समेत महाशाखाको चेतनामुलक कक्षा लिएर मापासे चेकिङमा खोसिएको लाइसेन्स फिर्ता लिएको उदाहरण दिदै उनले भने- 'जहाँ सम्म दिपकराज जीको कुरा छ, उहाँको कोसँग कस्तो सम्झौता भएको छ, मलाई मतलब छैन । म आफ्नो कार्यकालमा जिम्मेवारी पूरा गर्छु ।'

यतिबेला थाइल्यान्डका सुन्दर लोकेशनमा नेपाली फिल्मको सुटिङ धमाधम हुँदैछ । त्यहाँ फिचर फिल्मसँगै नेपाली म्यूजिक भिडियोको पनि छायाँकन हुँदैछ ।

