
यो शुक्रबार बिग व्यानर र स्टार कलाकार बिच हल भिडन्त हुने छैन । असोज चारको रिलिजलाई हलवाला तथा वितरकले सामान्य लडाइँको रुपमा लिएका छन् । यो साता तीन फिल्म एकसाथ देशभर प्रदर्शन हुँदैछन् ।

कस्तुरी फिल्मका निर्माता तथा निर्देशक किरण प्रधानको साँगीतिक एकल साँझ हुने भएको छ । यही असोज १५ गते प्रज्ञा प्रतिष्ठान भवनमा हुने एकल साँझबारे एक प्रेस समारोहका बिच औपचारिक जानकारी गराइयो ।

सुविधा सम्पन्न शहरमा बस्ने एक मानिस किन दुःखी हुन्छ र शारिरीक श्रममा व्यस्त हुने ग्रामिण भेगका मानिसले किन सुखको महसुस गर्छन् भन्ने भिन्नतलाई देखाउन खोजिएको फिल्म 'वनफूल'को पोस्टरसँगै अडियो गीत सार्वजनिक गरिएको छ ।

फोन रिसिभ गर्दा शुष्मा हैन, कुनै पुरुषको आवाज सुनियो । केहि महिना अगाडी मात्रै व्याय फ्रेण्डलाई व्रेकअप दिएकी शुष्माको मोबाइल बोक्ने को हुन् ती पुरुष पात्र ? जिज्ञासा हुनु स्वभाविक थियो ।

गएको पाँच महिनामा (०७० बैशाख देखि भदौ सम्म) ५२ फिल्म प्रदर्शनमा आए । यी मध्ये कति फिल्मले उत्साहको व्यापार गरे होलान् ? वितरक तथा फिल्मसँग सम्बद्ध व्यक्तिले दिएको जानकारीलाई आधार मान्ने हो भने ५ महिनामा जम्मा ५ फिल्मले उत्साहको व्यापार गरेका छन् ।

फिल्म अधकट्टी युनिट गौरव पहारी र विल्सन विक्रम राईको पर्खाइमा छ । फिल्मका मुख्य यी दुई पात्र अन्य प्रोजेक्टमा व्यस्त भएपछि अधकट्टीको सुटिङ प्रारम्भ हुन सकेको छैन ।

