
रामशरण पाठकको लेखन र निर्देशनमा बनेको फिल्म 'वर्ल्ड कप इन नेपाल'को अफिसियल प्रोमो सार्वजनिक भएको छ । प्रकाश थापा र राम तामाङले निर्माण गरेको यो फिल्मको रिलिज डेट भने सार्वजनिक गरिएको छैन ।

पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दको कृति माथि छोटो फिल्म निर्माण भएको छ ।

मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मी प्रमुख अतिथि रहेको नेपाल चलचित्र कलाकार संघको १२ औ साधारण सभामा संघमा हेर्न लायकको रह्यो । आयोजकले वितरण गरेको ब्याचलाई संघका पूर्व अध्यक्ष बसुन्धरा भूषाल र चलचित्र समाज महासंघ नेपालका अध्यक्ष केपी पाठकले लगाउन अस्विकार गरिदिए ।

मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीले आगामी निर्वाचनमा कलाकार सक्रिया हुन आग्रह गरेका छन् । नेपाल चलचित्र कलाकार संघको १२ औं वार्षिक साधारण सभामा प्रमुख अतिथि बनेर कमलादी स्थित प्रज्ञा भवनमा पुगेका रेग्मीले कलाकारहरुलाई आगामी संविधान सभाको निर्वाचनमा जनतालाई जागरुक गराउन समेत आग्रह गरे ।

शुक्रबारबाट एकैसाथ नेपालभर प्रर्दशनको शुरूवात गरेको फिल्म ढुवानीलाई नेकपा माओवादीले आह्वान गरेको मध्य र सुदुरपश्चिम बन्दले समेत प्रभाव पार्न सकेन ।

शुक्रबार साँझ काठमाण्डौको दरवारमार्ग स्थित होटल अन्नपूर्णमा आयोजना गरिएको ट्रेण्डसेटर्स फेसन शोमा नेपाली फिल्म क्षेत्रका चर्चित अभिनेत्रीहरूले क्याटवाक गरे ।

