Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18823 - 18828 of 23736
फिल्मीखबर, काठमाण्डौ, 2013-09-13, शुक्रवार

अभिनेत्री करिश्मा मानन्धरले नेफ्टा अवार्डका लागी नृत्य सिक्न सुरु गरेकी छिन् । वान वे फिल्मको छायाँकनमा व्यस्त करिश्माले आजबाट नृत्य सिक्न सुरु गरेकी हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-13, शुक्रवार

पाठेघरको क्यान्सरलाई पराजय गरेकी अभिनेत्री मनिषा कोइराला काठमाण्डौ छिन् । क्यान्सर सम्बन्धी एक गोष्ठीमा सहभागी हुन उनी केही दिन अघि मुम्बईबाट नेपाल ल्यान्ड भएकी हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-13, शुक्रवार

असोज चार गते देशभर एकसाथ रिलिज हुने तयारीमा रहेको फिल्म 'प्राण भन्दा प्यारो'का नायक बाशु पुडासैनीले आफ्नो गृहजिल्ला गोर्खामा पत्रकार भेटघाट कार्यक्रम गरे । कार्यक्रममा नायक बासुले आफ्नै को-स्टार नायिका अनामिका चौंलागाईंलाई लिएर गोर्खा पुगेका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-13, शुक्रवार

फिल्म मधुमासको रोमान्टिक सङ सार्वजनिक गरिएको छ । अभिनेता आर्यन सिग्दले र नव अभिनेत्री पूजा शर्माले गीतको भिडियोमा रोमान्स गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-13, शुक्रवार

आज शुक्रबारबाट प्रदर्शनमा आएका ढुवानी र राजनीति फिल्म बन्दको मारमा परेका छन् । माओवादीको नेपालगञ्ज बन्दले यी फिल्म श्रृष्टी हल चल्न पाएनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-13, शुक्रवार

तीजको छेको पारेर प्रदर्शन गर्दा पनि फिल्मको व्यापार खास हुन सकेन । ताजा रिलिज नेपाली फिल्म वीर, जंजीर र हाम्री चेलीको एक हप्ते व्यापार लगानी रिकभर भएन । हिजो वैद्य सहितको ३३ दलले उपत्यका सहित देशका विभिन्न क्षेत्रमा गरेको बन्दले हलवाला सहित निर्माताले प्रत्यक्ष घाटा बेहोर्नु पर्‍यो ।

Results : 18823 - 18828 of 23736