Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

बितेका पल प्रिमियर । प्रविधिक रुपमा फिल्म उत्कृष्ट

फिल्मीखबर, काठमाण्डौ, 2013/12/30

पुसको जाडोमा कमलपोखरीस्थित विग मुभिजको फिल्म हल नेपाली फिल्मकर्मी तथा राजनीतिक नेता मज्जासँग जम्यो । साँझ ढल्कंदै गर्दा विग मुभिजमा फिल्म ‘बितेका पल’ प्रिमियरमा सहभागीको उपस्थिति बाक्लिदैं थियो ।

 

निर्देशक सुरज सुब्बा नाल्बो र निर्माता राजेश घतानीलाई पुस १४ को साँझ निमन्त्रित पाहुनालाई स्वागत गर्न भ्याइ नभ्याइ नै भयो । लामो समय पछि नेपाली फिल्म क्षेत्रको जमघट गर्ने वाहाना फिल्म ‘बितेका पल’ प्रिमियर बन्यो । एमाओवादीका नेता वर्षमान पुन ‘अनन्त’, खेलकुद सदस्य सचिव युवराज लामा, हरिवंश आचार्य दम्पतीको सहभागीताले ‘बितेका पल’ प्रिमियर विशेष बन्न पुग्यो ।

 

एमाओवादी नेता अनन्तले वियोगान्त प्रेमकथाको फिल्म प्राविधिक रुपमा उत्कृष्ट बनेको प्रतिक्रिया दिए भने हरिबंश आचार्यले पनि राम्रो फिल्म बनेको प्रतिक्रिया दिए । उनले भने- 'फिल्म सार्‍है राम्रो लाग्यो ।' प्रिमियरमा सहभागी अन्यले फिल्म मन छुने रहेको बताए ।

 

प्रिमियरमा ‘बितेका पल’ डेव्यु अभिनेता अभिनाश गुरुङ दार्जीलिङबाट आमा र जीवनसाथी सहित उपस्थित भएका थिए । फिल्म हेर्नेले अभिनाशले आफ्नो भूमिकालाई न्याय गरेको प्रतिक्रिया दिइरहंदा अभिनेत्री केकी अधिकारीले सबैको ‘वाही वाही’ पाइन् । अभिनेता बाबु बोगटी पनि बधाइको पात्र बने । फिल्म हेर्नेले निर्देशक सुरज सुब्बा नाल्बोको मिहेनतलाई धन्यवाद दिए ।

 

राजेश घतानी तथा क्रिष रिजालको लगानी रहेको फिल्मलाई आम दर्शकले मन पराउने प्रिमियरमा सहभागीले विश्वास व्यक्त गरेका छन् । फिल्मको संगीत पक्षलाई उत्कृष्ट मानिएको छ । यही पुस २६ गते अल नेपाल रिलिज हुने फिल्मलाई दार्जीलिङ र काठमाडौंका रमणीय स्थानमा छायाँकन गरिएको छ ।