राजबल्लभ कोइराला फिल्मस्, प्लानेट ३ फिल्मस् ,आईडियाज एण्ड इमेज र अन्डरग्राउण्ड टकिजले संयुक्त रुपमा निर्माण गरेको फिल्म 'राघव' नयाँ गीत रिलिज गरिएको छ । नयाँ बर्ष २०१४को अवसर पाएर रिलिज गरिएको गीतमा फिल्ममा दुई मुख्य पात्र शिबिर पोखरेल र अस्मिता ढकाल 'फिचरिङ' भएका छन् ।
फिल्मलाई निर्देशन भुपेन्द्र भट्टराईले गरेका हुन् भने अभिनेता राजबल्लभ कोइराला यसका निर्माता हुन् । प्रेम सम्बन्धको कथा भन्ने यो फिल्ममा शिबिर र अस्मिताको साथमा अशिष्मा नकर्मी, बसन्त भट्ट, गीता अधिकारी, रकेन व्यञ्जकार र केट ब्रासेलको पनि मुख्य भूमिका छ ।
प्रस्तुत सार्वजनिक गीतमा 'दि माया व्याण्ड'को संगीत र स्वर रहेको छ भने गीतकार रोशन वाग्ले हुन् । मार्च महिनामा रिलिज हुने बताईएको यो फिल्मको ९५ प्रतिशत भाग अमेरिकामा छायाँकन गरिएको हो ।

