दुई सातादेखि हलमा देखिएको नेपाली फिल्मको अभाव पुस १९ गतेबाट परिपूर्ती हुने भएको छ । गायक प्रकाश ओझाले निर्देशन गरेको सस्पेन्स श्रेणीको फिल्म 'त्राश' यो शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउँदै छ । 'त्राश'मा निराजन लुइँटेल, अयुव केसी, अनु शाह, रिया श्रेष्ठ लगायतको भूमिका छ ।
त्यस्तै गोपिकृष्ण इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेको ‘एभ्रीडे इज सन्डे’ फिल्म लभ र रोमान्समा आधारित छ । यो सिक्किमेली फिल्म हो । फिल्मलाई सुभेन्दु घोषले निर्देशन गरेका हुन् । फिल्ममा त्रिशला तामाङ र सुनिल रोय चौधरीको मुख्य भूमिका छ ।
त्यस्तै भोली नै नेपाली सहित विश्व फिल्म हलमा बलिउड फिल्म 'शोले'को थ्रीडी भर्सन रिलिज हुँदैछ । ‘शोले’ बलिउडमा जहिल्यै स्मरण गरिने फिल्म हो । जावेद अख्तर निर्देशित यस फिल्मलाई दर्शना आर्टस्ले नेपाल रिलिजको व्यवस्था गरेको छ ।

