Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

बाबुलाई कोठा सर्दैको सास्ती !

फिल्मीखबर, काठमाण्डौ, 2014/01/02

गायन क्षेत्रमा नाम कमाएका बाबु बोगटी फिल्म ‘बाटो मूनिको फूल’ मार्फत हिरो भए । बाबुले गीत मात्र राम्रो गाउने हैन अभिनय पनि राम्रो गर्छन् । ‘बाटो मुनिको फूल’ देखि ‘बितेका पल’ सम्म बाबुले अभिनयको राम्रो तारिफ पाइरहेका छन् ।

 

भोजपुरका ठिटो बाबु सानो मिहेनतले यो स्थानमा आइपुगेका भने होइनन् । सफलताको सिंढी चढ्न सजिलो हुँदैन । बाधा र अवरोधलाई पाखा लगाउनेलाई नै सफलता हात पर्छ । करिअरको शून्य श्रेणीमा बाबुले निकै दुःख पाएका रहेछन् । कस्तो दुःख ? बाबुले भनेका छन्- ‘सुरुका दिनमा काठमाडौंमा कोठा पाउन निकै मुस्किल थियो ।’

 

बाबुको कोठामा स्थायी बास कहिल्यै भएन । उनले वर्ष र ६ महिनामा कोठा फेरिरहनु पर्थ्यो । आफ्नो दश वर्षको गायन यात्रामा झन्डै ११ वटा कोठा फेरेको बाबुले बताएका छन् । उनले दुःख सुनाए- ‘खासमा म्यूजिक रियाज गर्न समस्या हुन्थ्यो । झ्याल ढोका बन्द गरेर म्यूजिक रियाज गर्नुपर्थ्यो ।’ गितार र हार्मोनियमको आवजले गर्दा नै आफुले कोठा सर्दै हिड्नु परेको बाबुको कथन छ ।

 

कोठा सरेर गायन तथा फिल्म क्षेत्रमा कमाएको नामप्रती भने बाबु गर्व गर्छन् । यही २६ गते प्रदर्शन हुने फिल्म 'बितेका पल'मा बाबुको अभिनय रहेको छ । संघर्षबाट सफलता हात पर्छ भन्ने शिक्षा बाबुको जीन्दगीबाट लिने कि !