
एमाओवादीले पर्सा क्षेत्र नं. १ बाट अभिनेत्री रेखा थापालाई संविधान सभाको निर्वाचनमा उठाउने भएको छ । आज दिउँसो पार्टी कार्यालय पेरिस डाँडामा बसेको नेतृत्व पङ्तीको बैठकले रेखालाई उठाउने निर्णय गरेको हो । जहाँ अभिनेत्री थापा पनि सहभागी थिइन् ।

भिमदत्त फिल्मका निर्देशक हिमग्याम टासी यतिखेर अमेरिकामा छन् । निर्देशक टासीले आफु अंग्रेजी फिल्म निर्माण गृहकार्यको लागी त्यहाँ पुगेको फिल्मीखबरलाई जानकारी गराए ।

'म खासै फिल्म हेर्न र खेल्न रूचाउने मान्छे हैन,' घनिष्ट मित्र आसिफ शाहको फिल्म 'कर्कश' खेलेपश्चात चर्चित भिजे सुरज सिंह ठकुरीले भनेका थिए- 'थुप्रै स्क्रिप्ट रिजेक्ट गर्दा गर्दै अन्तत: कर्कशले मेरो फिल्मी अभिनय क्षेत्रमा पाईला बढाउने काम गर्यो ।'

ढुकुटीमा पैसा डुबाएर घिमिरे दम्पती क्यानडा फरार भएको भन्ने समाचार प्रकाशित भएपछि ऋचा र शंकरकोको टाउको दुख्न शुरू भएको छ ।

देश अहिले संविधान सभाको चुनावी सरगर्मीमा छ । यो गर्मीको रापले फिल्मकर्मीलाई पनि राम्रैसँग पोलेको छ । भुवन केसी, रेखा थापा, रोज राणा जस्ता कलाकारहरु प्रत्यक्ष निर्वाचन लड्ने मनस्थितिमा छन् । राजनीतिक पार्टीले प्रत्यक्ष तर्फको चुनावी टिकट उपलब्ध गराउँलान् ? कलाकार पर्ख र हेरको स्थितिमा छन् ।

निकै पूराना गायक, निर्माता तथा निर्देशक किरण प्रधान पुन: नेपाली फिल्ममा कमव्याक हुने रहर रहेको बताएका छन् ।

