आगामी माघ १७ गते रिलिज हुन लागेको फिल्म 'प्रोड्यूसर'को 'हाँसि खुसी' बोलको गीत रिलिज गरिएको छ । रामप्रसाद ढुंगानाको शब्दमा किरण माईकलको संगीत तथा रूपक डोटेलको स्वर रहेको प्रस्तुत गीतमा फिल्मका कलाकारहरू मुस्कुराउँदै अभिनय गरेका छन् ।
जनकदीप पराजुलीको निर्देशनमा बनेको यो फिल्मले निर्माताहरूको कथाव्यथालाई व्यङ्य गरेको छ । कमेडी शैलीको यो फिल्ममा विल्सन विक्रम राई, बाबु बोगटी, श्याम अर्याल, स्वेता भट्टराई, पायल रायमाझी, श्याम राईलगायतको अभिनय छ । ज्योतीराज राईको प्रस्तुतीमा बनेको यो फिल्मका निर्माता राजकुमार राई र केशब अधिकारी पनि हुन् ।

