Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 3.17/5.00)
Text size:-
+
-

केकी र नीता मध्ये कसलाई हेर्ने ?

फिल्मीखबर, काठमाण्डौ, 2014/01/02
अभिनेत्रीद्धय केकी अधिकारी र नीता ढुङ्गाना पछिल्लो पुस्ताका कलाकारमा 'मार्क' गरिएका कलाकार हुन् । केकी र नीताको अभिनयलाई प्रशंशा गर्ने मात्रै हैन शुभचिन्तक पनि उत्तिकै छन् । दुर्भाग्य, यी दुई अभिनेत्रीका फिल्म बम्परको व्यापार गर्न सकेका छैनन् । अभिनयबाट वाही वाही पाएका यी अभिनेत्रीलाई फिल्म व्यापारिक रुपमा सफल हुनु आवश्यक छ । 
 
 
‘मसान’ फिल्ममा बुहारीको रोल होस् या ‘महसुश’ चुलबुले गाउँले युवती दुवै फिल्ममा 'स्वर' डेव्यु केकीले अब्बल दर्जाको अभिनय गरेकी छिन् । ‘मसान’ फिल्ममा केकीसँगै काम गरेकी नीताले ‘नोटवुक’ फिल्मबाट राम्रो तारिफ पाइन् । यसै फिल्मबाट नीतालाई दर्शकले नोटिस गरे । केकी र नीता पुस २६ गते भने आमने सामने हुँदैछन् । केकी अभिनित फिल्म 'बितेका पल’ र नीताको ‘छ एकान छ’ एउटै मितिमा प्रदर्शन हुँदैछन् । जुन फिल्मलाई लिएर फिल्म बजार विभिन्न खाले अड्कल बाजी हुँदैछ ।
 
केकी र नीता मध्येका कुन फिल्म हेर्न बढी दर्शक हलमा देखिएलान् ? यी दुको फिल्मले गर्ने व्यापारिक आँकलन सुरु भैसकेको छ । नीताको 'छ एकान छ' भन्दा केकीको 'बितेका पल' बढी लगानीमा निर्माण भएको फिल्म हो । त्यसकारण 'बितेका पल'ले 'छ एकान छ'को भन्दा बढी व्यापार गर्न आवश्यक छ ।   
 
 
'बितेका पल'को प्रिमियरबाट केकीले खुबै तारिफ पाईन् भने ६ कमेडियन कलाकारलाई पछि लागाएकी नीताले फिल्ममा कस्तो कार्य गरेकी छिन् ? पुस २६ गते हुने ‘छ एकान छ’ को सार्वजनिक प्रदर्शनीबाटै प्रतिक्रिया मिल्नेछ ।
 
फिल्म क्षेत्रमा राम्रो सम्भावना बोकेका केकी र नीता आगामी फिल्मी करिअर पुस २६ मा प्रदर्शन हुने ‘बितेका पल’ र ‘छ एकान छ’ फिल्मले निर्धारण गर्ने धेरैको विश्वास छ । बजारको व्यापारिक पाटो एउटा भएपनि फिल्ममा देखिएको मिहेनतमा सबैको नजर पर्नेछ । केकी र नीता दुवैको फिल्मलाई हाम्रो सफलताको शुभकामना !