Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालमा सलमान खानको `बिइङ हुमन`

फिल्मीखबर, काठमाण्डौ, 2014/02/06

अभिनेता सलमान खानको नाममा स्थापित ‘सलमान खान फाउन्डेशन’ को ‘बिइङ् हुमन’ स्लोगन अंकित कपडाको शोरुम नेपालमा पनि विस्तार हुने भएको छ । नेपालको स्वास्थ्य र शिक्षामा सहयोग पुर्याउने भन्दै एबिसिडिई ईन्कले ‘सलमान खान फाउन्डेशन’ को ‘बिइङ हुमन’ स्लोगनको शोरुम नेपालमा विस्तार गर्न लागेको हो ।

 

 

व्यावसायमुलक सामाजिक संस्था बताइएको एबिसिडिइ ईन्कले ‘सलमान खान फाउन्डेशन’ को ‘विइङ हुमन’ अंकित कपडाको आधिकारिक शोरुम सञ्चालमा ल्याउने बारे जानकारी गराउन प्रेमसिट नै आयोजना गर्यो । ‘बिइङ् हुमन’ को शोरुम सञ्चालनमा ल्याउने पहिलो राष्ट्र फ्रान्स हो भने नेपाल पन्ध्रौं नम्वरमा परेको छ । प्रेसमिटमा एबिसिडिई ईन्का अध्यक्ष दिपेन्द्र गुरुङले भने- ‘हाम्रै पहलमा यो शोरुम सञ्चालनमा ल्याएका हौं । व्यापारको केही भाग नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउँछौं ।’

 

 

यही फेब्रुअरी ९ तारिखदेखि दरबारमार्गस्थित राइजिङ मलको पहिलो तलामा ‘बिइङ हुमन’को शोरुम सञ्चालनमा आउनेछ । राइजिङ मलसँगै राजधानीकै सिभिल ट्रेड सेन्टर र ईटहरीमा पनि उक्त शोरुम केही समयपछि सञ्चालनमा ल्याइने अध्यक्ष गुरुङले बताए । अभिनेता खान हाल कानुनी प्रक्रियामा अल्झिएकाले दशैं तिहारको बिचमा मात्रै च्यारेटी कन्सर्टका लागि उनलाई नेपाल ल्याउने तयारी समेत भैरहेको कार्यक्रममा जानकारी गराइयो ।