Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(16 votes, avg 4.56/5.00)
Text size:-
+
-

आर्यन र नम्रताको कस्तो मिठो प्रेम

फिल्मीखबर, काठमाण्डौ, 2014/02/07

'मेरो एउटा साथी छ' पश्चात अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ अनस्क्रिन जोडीको रूपमा दोस्रो पटक फिल्म 'नोभेम्बर रेन'मा देखिदै छन् । 'मेरो एउटा साथी छ'मा निकै रूचाईएको यो जोडीले अभिनय गरेको फिल्म 'नोभेम्बर रेन'को गीत रिलिज गरिएको छ ।


म्युजिक भिडियोमा आफ्नो कुशल निर्देशकिय क्षमता प्रस्तुत गरेका आलोक नेम्वाङले करियोग्राफी गरेको 'कस्तो मिठो' बोलको प्रस्तुत गीतमा तारा प्रकाश लिम्बुको संगीत, फिल्मका निर्देशक दिनेश राउतको शब्द तथा सनुप पौडेल र प्रविशा अधिकारीको स्वर रहेको छ ।


अभिनेता सिग्देल र सुवास गिरीले मिलेर निर्माण गरेको त्रिकोणात्मक प्रेमकथानक फिल्म 'नोभेम्बर रेन'मा आर्यन र नम्रताको साथमा छुल्ठिम गुरूङको अभिनय छ । राजेश श्रेष्ठले खिचेको यो फिल्मलाई छेतन गुरूङले लेखेका हुन् ।