
डायमण्ड शमशेर राणाको अमर कृति 'सेतो बाघ'मा आधारित रहेर बरिष्ठ फिल्मकर्मी निर शाहले मेगा सिरियल तथा फिल्म निर्माण गर्ने औपचारिक घोषणा गरेका छन् । मंगलबार राजधानीमा एक समारोहका विच शाहले फाल्गुनको पहिलो साताबाट सुटिङ शुरू गर्ने जानकारी गराए ।

नेपाली फिल्म क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी सुन्दर अभिनेत्री करिष्मा मानन्धरको आज मंगलबार जन्मदिन हो । सर्वप्रथम करिष्मालाई ४४ औं जन्मदिनको शुभकामना !

नेपालको सुदूर पश्चिममा गाइने भाकालाई फिल्म 'भिमदत्त'मा समेटिएको छ । पश्चिमेली भाकामा तयार पारिएको 'भिमदत्त' फिल्मको गीत सरस्वती पूजाको अवसर पारेर सार्वजनिक गरिएको छ ।

दिमाग, मुटु र मनको सम्बन्ध एकअर्कासँग जोडिएको हुन्छ । यि तीन कुरासँग प्रेम जोडिएको छ । कसैले प्रेम दिमागले सोचेर गर्छन् र मुटुमा सजाउँछन् भने कसैले मनले सोचेर मुटुमा सजाउँछन् । मनले मन पराएर मुटुमा बस्ने प्रेम निश्चल हुन्छ ।

अभिनेता विनय श्रेष्ठसँगको ब्रेकअप पश्चात 'लुट' फिल्मका निर्देशक निश्चल बस्नेतसँग ऋचाको सम्बन्धबारे फिल्म बजारमा हल्ला चले । चलेको या चलाईएको हल्ला ? यि दुबैले इन्कार गरे, कुरा बिस्तारै सेलायो । ऋचाको नयाँ सम्बन्ध भने अहिले मज्जाले तातिएको छ ।

मीनबहादुर भामले निर्देशन गर्न लागेको फिल्म ‘कालो पोथी’ले स्वीजरल्याण्डको प्रतिष्ठित फन्ड ‘भिजन सुद’ मार्फत ५० हजार स्विस फ्रयांक (५५ लाख रुपैयाँ) आर्थिक सहयोग प्राप्त गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मले सो फण्ड प्राप्त गरेको जानकारी गराईयो ।

