नाट्य सम्राट बालकृष्ण समको ११२औं जन्मजयन्तीको अवसर पार्दै नेपाल चलचित्र निर्देशक समाजले समको एकाङ्की ‘बोक्सी’मा आधारित फिल्म ‘बोक्सी’ देखाएको छ ।
समाजको कार्यालय डिल्लीबजारमा गोपालचन्द्र लामिछाने निर्देशित ‘बोक्सी’ फिल्मलाई देखाएको हो । शक्तिबल्लभ घोरासैनीको लगानीमा निर्माण भएको झन्डै डेढ घण्टा लामो ‘बोक्सी’ हेर्न समाजको कार्यसमिति सदस्य सहित निर्देशक लक्ष्मीनाथ शर्मा, अनिल पाण्डे लगायत सहभागी थिए ।
‘बोक्सी’ फिल्म देखाइएको बारे समाजका महासचिव ऋषि लामिछानेले भने- ‘बरिष्ठ साहित्यकार समको तस्विरमा माल्यार्पण गरेर फिल्मलाई देखाएको हौं ।’ फिल्मका निर्माता घोराशैनीले समको सम्झना र सम्मानमा फिल्म देखाईएको बताए ।
एक महिला र बालकको मनोविज्ञानमा आधारित 'बोक्सी'को सार्वजनिक प्रदर्शन भएको छैन । तर, देश र बिदेशमा गरिएको च्यारेटीमा भने यो फिल्मलाई निकै रूचाईएको छ ।

