Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(620 votes, avg 1.01/5.00)
Text size:-
+
-

हल जाने भन्छन्- `मोक्ष हेर्नुस्` (समिक्षा सहित)

फिल्मीखबर, काठमाण्डौ, 2014/02/09

व्यावसायिक पाटोलाई छा्ड्ने हो भने देशका पर्दामा प्रदर्शनरत फिल्म 'मोक्ष'ले दर्शकको मन जितिरहेको छ । मेरुदण्ड पक्षघात भएका निर्देशक प्रविन श्रेष्ठकै वास्तविक जीवनसँग बढी मेल खाने फिल्म 'मोक्ष'को व्यापार शुक्रबारको तुलनामा शनिबार उच्च भएको रिपोर्ट छ । निर्माता सुनिल मानन्धरले दाबी गरे जस्तो दुई दिनमा मोक्षको व्यापार एक करोडको भने हुन सकेन ।

 

वितरक समेत रहेका मानन्धरले माउथ पब्लिसिटी राम्रो भएकाले दर्शक बढ्ने विश्वास गरे । राम्रो प्रशंसा बटुल्न सफल 'मोक्ष'को ओभरसिज डिमान्ड उच्च छ । बिदेशमा रहेका दर्शकलाई 'मोक्ष' गतिलो खुराक बन्न सक्छ । कोसिस क्षेत्री र बेनिशा हमालको मुख्य अभिनय रहेको मोक्ष हेरेर कस्ले कस्तो प्रतिक्रिया दिए ? फिल्मीखबरले छोटो प्रतिक्रिया पोष्ट गरेको छ ।

 

निर्देशक श्रेष्ठको उपचारमा संलग्न न्यूरोलोजिस्ट डा.बसन्त पन्त मोक्ष बारे भन्छन्- 'यो फिल्मले मेरुदण्ड पक्षघाती भएका व्यक्तिप्रति नेपालीले हेर्ने दृष्टिकोणमा सकारात्मक प्रभाव पर्छ ।' पछिल्लो समय बलिउड फिल्म क्षेत्रप्रति सोझिएका अभिनेता सुनिल थापा मोक्ष हेरेर भन्छन्- 'यो अहिले र पछिसम्मकै उत्कृष्ट फिल्म यो ।'

 

कलाकार तथा निर्माता दिपकराज गिरी 'मोक्ष' अर्गानिक फिल्म रहेको प्रतिक्रिया दिन्छन् । 'छ एकान छ'का नक्कली सलमान खान भन्छन्- 'फिल्मले युवावर्गलाई आकर्षण गर्छ । यस्तो फिल्मलाई हरेक तहबाट प्रोमोट हुन जरुरी छ ।' कलाकार विल्सन विक्रम राई थप्छन्- 'फिल्म राम्रो बनेको छ । मन छोयो ।'

 

त्यस्तै 'छ एकान छ'का निर्माता मध्येका एक निर्मल शर्मा गैंडा भन्छन्- 'फिल्मले मन छोयो । निर्देशकले उत्कृष्ट काम गरेका छन् ।' बौद्धिक वर्गदेखि सामान्य दर्शकले समेत फिल्मलाई मन पराएपछि निर्देशक प्रविन श्रेष्ठ यतिखेर मख्ख छन् । दर्शकबाट वाही वाही पाएको 'मोक्ष'ले समिक्षकको मन पनि छुन सफल भएको छ । समिक्षक दिपेन्द्र लामाले माघ २६ को नागरिक दैनिकमा 'मोक्ष' बारे हेडलाइनमा लेख्छन्- 'दर्शकले पाउनसक्छ मोक्ष ।'

 

समिक्षक दीपेन्द्र लामाले 'मोक्ष'को बारेमा लेखेको समिक्षा पढ्न तलको लिङ्कमा क्लिक गर्नुहोला !

दर्शकले पाउनसक्छ मोक्ष (समिक्षा)