ऋतु बदलिएझैं मानिसको सम्बन्ध पनि बदलिंदै जान्छ । कति टाढाका सम्बन्ध गाढा हुन्छन् त कति गाढा सम्बन्ध टाढा पनि हुन्छन् । 'ऋतु' फिल्ममा भेट भएपश्चात मलिना र रीमाको सम्बन्ध भने गाढा भएको प्रस्तुत तस्विरहरूले देखाउँछ ।
ऋतु झैं बदलिने सम्बन्धको कथा भन्ने फिल्म 'ऋतु' आउँदो फागुन २३ गतेबाट विश्वभर एकसाथ प्रदर्शनमा आउँदै छ । फिल्म भित्र मलिना र रीमाको सम्बन्धले कस्ता कस्ता मोड र आयाम निम्त्याउँछ त्यो प्रदर्शन पश्चात नै थाहा हुनेछ । तर, तस्विरमा देखिएको सम्बन्धले भने यि दुईको 'केमेस्ट्री' बलियो रहेको प्रस्ट्याउँछ ।
अष्ट्रेलिया र नेपालमा छायाँकन गरिएको प्रेमकथानक फिल्म 'ऋतु'लाई मनोज अधिकारीले निर्देशन गरेका हुन् । अपिल बिष्ट फिल्म्स, प्लानेट ३ फिल्म्स, आल्प इन्टरटेन्मेन्ट र अशोक गौतम फिल्म्सको संयुक्त लगानी निर्माण भएको यो फिल्ममा राजबल्लभ कोईराला, मलिना जोशी, रीमा विश्वकर्मा र बिष्णु न्यौपानेको मुख्य भूमिका छ ।



