'मध्यपश्चिमाञ्चल उद्योग, व्यापार एवं जडिवुटी प्रर्दशनी तथा बाँके पर्यटन महोत्सव २०७०' मा विभिन्न सांस्कृतिक कार्यक्रमबाट मनोरञ्जन लिइरहेका नेपालगञ्जका युवाहरुले शनिबार जब स्टेजमा सुगम संगितकी गायिका रजिना रिमाललाई देखे तब तालिको गडगडाहडले स्वागत गर्दै उनलाई साथ दिने वाचा गरे ।
.jpg)
'पानीको फोका जस्तो...' गीतबाट सुरु गरेकी रजिनाले 'रिदम' फिल्मको 'पागल म वन्न सक्छु...', 'नोभेम्बर रेन'को 'पलभरमै खुसी..' जस्ता गीत गाईरहँदा उनको स्वरमा दर्शक मन्त्रमुग्ध भएको देखिन्थ्यो । जब रजिनाले 'नाइ नभन्नु ल' फिल्मको शिर्ष गीत गाईन् तब दर्शकले आफूलाई 'कन्ट्रोल' गर्न सकेनन् र उफ्रिंदै रजिनाको स्वरमा स्वर मिलाए । यस्तै कति दर्शकले 'वान्स मोर' भने कतिले रजिनाले प्रस्ताव गरे आफूहरूले नाइ नभन्ने भन्दै चिच्चाए ।

रजिनाले 'नाइ नभन्नु ल'को शिर्ष गीत गाए पश्चात हाँस्यकलाकार जितु नेपालले विभिन्न क्षेत्रमा फैलिएका विकृतिहरुका बारेमा व्यंग्य गर्दे उनले नेपाली गीत संगीत र नेपाली फिल्म क्षेत्रमा भैरहेको विकृतीको बारेमा व्यङ्य गरेर दर्शकलाई हँसाए । उनले नेपाली फिल्म भनेको 'छ एकान छ' जस्तो हुनुपर्ने बताए । 'छ एकान छ'मा आफू हिरो बनेको बताउँदै फिल्म नहेरेकालाई हेर्न आग्रह गरे ।

