Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अमेरिकामा कमेडी फिल्म हाउसफुल

फिल्मीखबर, काठमाण्डौ, 2014/02/10

नेपाली फिल्म हलमा व्यावसायिक रुपमा उधुम मच्याउन सफल फिल्म ‘छ एकान छ’ को पहिलो बिदेशी शो पनि हाउसफुल भएको छ । अमेरिकास्थित लस एन्जल्समा भएको ‘छ एकान छ’ को पहिलो शो हाउसफुल भएपछि झन्डै पचास जना दर्शक फिल्म नहरेरै रित्तै फर्किए ।

 

चार सय दर्शक क्षमताको हल हाउसफुल भएपछि दर्शक फर्किएको निर्माता दिपकराज गिरीले बताए । उनले भने- ‘हामी खुसी छौं । अन्य देशमा प्रदर्शन प्रक्रियामा सम्झौता गर्ने तयारी भैरहेको छ ।’ यही जनवरी १६ तारिखमा कमेडी फिल्मको बोस्टर्न शहरमा दोश्रो शो हुने दिपकले जानकारी दिए ।

 

नेपाली युवाहरुको अमेरिकी एशोसियशन ‘रक फर् नेपाल’ ले 'छ एकान छ'को दुई महिने शो खरिद गरेका हो । अमेरिकी राईटबाट निर्मातात्रय दिपकराज गिरी, दिपाश्री निर्रौला र निर्मल शर्माले १३ लाख रुपैयाँ लिएका छन् । निर्माण युनिटलाई फिल्मको बिदेश राईट बिक्रिबाट झन्डै पचास लाख रुपैयाँ हात पर्ने देखिएको छ ।

 

अमेरिकासँगै ‘छ एकान छ’ को अष्ट्रेलिया, इजरायल, युके, कोरिया र कतारमा प्रदर्शन राईट बिक्री भैसकेको छ । तीतो सत्य, मेरी बास्सै र जीरे खुर्सानीका कलाकारको मुख्य अभिनय रहेको ‘छ एकान छ’ राजधानीका मल्टिप्लेक्स हलमा पाँचौं सातामा प्रदर्शनरत छ ।