सुन्दर अभिनेत्रीको ट्याग पाएकी अभिनेत्री नन्दिता केसी अबिबाहित हुन् । २५ बसन्त पार गरिसकेकी यि अभिनेत्रीले आईतबार भने 'मेरो बुढेसकालको साहारा, मेरो छोरा' एक तन्नेरी युवकसँग बसेको तस्विर फेसबुकमा पोस्ट गरिन् । अबिबाहित नन्दिताको यत्रो छोरा ? कसरी ?
.jpg)
बिबाह नगरेकी नन्दिताले टिनेज पार गरिसकेका तन्नेरी युवकसँग आफ्नो फोटो राखेर 'मेरो छोरा' भन्दा आश्चर्यमा नपर्ने सायद कोही नहोला । फिल्मीखबरको फोन उठाउने बित्तिकै नन्दितालाई प्रश्न गरियो, कहिले भयो यत्रो छोरा ? उनले हाँस्दै भनिन्- '१८ बर्ष अगाडी ।' बिबाह नगरी छोरा ? उनले थपिन्- 'मेरो दिदीको छोरा भएपछि मेरो पनि छोरा भएन त ।'
नन्दिताको कुरा बुझियो, उनी छिटो बिबाह गरेर आमा बन्न चाहन्छिन् । लगन नजुरेकाले बिबाह नभएको बताउने नन्दिताको आम बन्ने चाहना कहिले पूरा हुने हो ? आमा बन्न हतार नै भएको भए लगन छिटो जुराए भएन त नन्दिता जी ?

