द्धन्दनिर्देशक एनबी महर्जनले निर्देशन गरेको एक्सन कमेडी फिल्म 'तोरी लाहुरे'का पात्रहरू काठमाण्डौको टुडिखेलमा घर बनाउने सपना देख्दैछन् । आईतवार सार्वजनिक गरिएको फिल्मको हल ट्रेलरमा बेरोजगरी समस्या सहित नारी अस्मिताको बिषयलाई 'हाईलाईट' गरिएको छ ।

रिदम एण्ड दिलिप फिल्मसको ब्यानरमा दिल कुमार तामाङ 'वाले' र रोशिफ तामाङले निर्माण गरेको यो फिल्ममा अशिष्मा सहित सुवास थापा, गजित बिष्ट, रोहित रूम्बा, समुना केसी, दिनेश डिसी, दिल कुमार तामाङ 'वाले' लगायतको अभिनय छ ।
कृष्ण आचार्यले फिल्मको कथा लेखेका हुन् भने छायाँकन निरज कँडेलले गरेका हुन् । फिल्ममा सन्तोष राजको संगीत, सुरेन्द्र पौडेलको सम्पादन, शंकर महर्जनको द्धन्दनिर्देशन तथा गम्भिर बिष्टको नृत्यनिर्देशन रहेको छ । यो फिल्म यहि फागुन २३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

