नेपाल चलचित्र प्राविधिक संघले आयोजन गर्ने नेफ्टा अवार्डको सातौं संस्करण हङ्कङमा हुने भएको छ । गत जनावरी ३१ तारिखमा मलेसियामा सम्पन्न छैटौं नेफ्टा फिल्म अवार्डको रात्रीकालिन भोज कार्यक्रममा अध्यक्ष मनोज केसीले नेफ्टाको अवार्डको अर्को स्थान हङ्कङ हुने उद्घोष गरे ।



माघ २५ गते नयाँ बानेश्वरस्थित अल्फा हाउसको रात्री भोजमा अवार्डका बारेमा भएका विभिन्न खाले टिका टिप्पणी तथा मलेसियामा रहेको नेपाली दुतावसले सहयोग नगरेकोमा अध्यक्ष केसीले दुःख व्यक्त गरे । उनले अवार्ड सफल पार्न संघले सक्दो मिहेनत गरेको बताए । संघका महासचिव अनन्त तिमल्सिनाले आलोचना नै आफूहरूको सफलता भएको बताए । यस्तै उनले मलेसियाका मुख्य आयोजक सुवास गिरी सहित अन्य सहयोगी हातहरूलाई धन्यवाद दिए ।



सञ्चारकर्मी तथा नेफ्टा अवार्डका एमसी नरेश भट्टराईले आफ्नो पासपोर्ट हराउँदा नेपाली दुतावासले सहयोग नगरेको उनले सुनाए । पासपोर्ट हराएपछि नरेश केही दिन मलेसियमा अल्झिनु परेको थियो । सगरमाथा टेलिभजिनले प्रत्यक्ष प्रसारण गरेका माघ २५ को रात्रीकालिन भोजन सहितको कार्यक्रममा छैटौं नेफ्टा अवार्ड विजेता, कलाकार तथा सहयोगी हातहरूलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।



