टोकियोको फुलेल इन्टरटेन्टमेन्टले फिल्म 'ऋतु'लाई जापान प्रदर्शनको जिम्मा लिएको छ । अगामी मार्च २९ मा स्वागत इंडियन तथा नेपाली रेष्टुरेन्ट बारहरुको सहभागितामा फिल्म प्रदर्शन गरिने भएको छ ।
.jpg)
जापान प्रदर्शनको लागी ५ लाखमा फिल्मको राइट बिक्रि भएको निर्माण युनिटले जानकारी गरायो । फिल्मलाई युरोप प्रदर्शनको लागी पनि कुरा भैरहेको बताईएको छ । यस्तै अप्रिल महिनामा चिनमा पनि यो फिल्मको प्रदर्शन गरिने भएको छ । चिनमा रहेका नेपाली बिधार्थीहरूले फिल्म रिलिज गर्न लागेका हुन् ।
आउँदो मार्च ७ अर्थात फागुन २३ गते नेपाल र अष्ट्रेलियामा रिलिज हुन लागेको यो फिल्मलाई विश्वका अन्य मुलुकमा पनि रिलिजका लागि तयारी भईरहेको बताईएको छ । यो फिल्मको अष्ट्रेलियामा ६ मार्चमा प्रिमियर गरिंदै छ ।
युगल जोडीको प्रेममा आउने उतारचढावको कथा भन्ने यो फिल्ममा राजबल्लभ कोईराला र पूर्व मिस नेपाल मलिना जोशीको मुख्य भूमिका छ । आल्प इन्टरटेन्मेन्ट, प्लानेट ३ फिल्मस्, अपिल विष्ट फिल्मस र अशोक गौतम फिल्म्सले निर्माण गरेको यो फिल्ममा राज र मलिनासँगै रीमा विश्वकर्मा, बिष्णु न्यौपानेको पनि मुख्य भूमिका छ । फिल्मलाई मनोज अधिकारीले निर्देशन गरेका हुन् ।

