मधु भट्टराईसँगको प्रेममा रहेका अभिनेता राजेश हमालले फागुन महिनामा बिहे नहुने बताएका छन् । फिल्मीखबरसँगको भेटमा हमालले आफ्नो बिहे केहि समयका लागि 'पोस्टपोण्ड' भएको बताए ।
झण्डै एक बर्ष अगाडीदेखि जाडोको ज्याकेट नपट्याउँदै बिहे गर्छु भन्दै आएका हमालको बिहे किन सर्यो त ? उनले प्रस्ट्याउँदै भने- 'परिवारका सबै सदस्य फागुनमा जम्मा हुन नसक्ने भएकाले 'पोस्टपोण्ड' गरिएको हो ।' आफन्तहरू बिदेशमा भएकाले सबै जनाको जमघट हुन नसकेपछि हमालले बिहे सारेको बताए ।
हमालले आगामी बैशाख महिनामा भने बिहे हुने संकेत देखाए । 'बिहे गर्न सबै तारतम्य मिल्नु पर्ने रहेछ', हमालले भने- 'समय धेरै पर लैजान्न । बैशाख सम्ममा बिहे गर्छु ।' ५० बसन्त पार गरिसक्दा बल्ल बिहेका लागि परिपक्व भएका हमाल बिहेको कुरालाई लिएर निकै उत्साहित छन् । 'अब त मलाई नै हतार भैसक्यो,' हमालले हाँस्दै भने ।

