Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.33/5.00)
Text size:-
+
-

संचिता लुइँटेलका प्रेमी कति ?

फिल्मीखबर, काठमाण्डौ, 2014/02/12

फिल्मको व्यस्तता सेलाउन नपाउँदै अभिनेत्री संचिता लुइँटेलले अभिनेता निखिल उप्रेतीसँग बिवाह गरिन् । बिवाह गरेको चार बर्षमा संचिता र निखिल दुई सन्तानको आमाबुवा बनेका छन् । बिहे गरे लगत्तै निखिल नयाँ करिअरको लागि बुम्बई हानिए, यता नेपालमा संचिता आफ्नो सन्तानको स्याहार सुसारमा व्यस्त छिन् ।

 

करिअर छोडेर किन बिहे रोज्नु भयो ? भन्ने प्रश्नको उत्तरमा संचिताले बिहे हुनुको मुख्य कारण मायालाई नै देखाइन् । उनले ढुक्कैले भनिदिइन्- ‘मायामा म मरिहत्ते गर्ने मान्छे हुँ ।’ माया साट्ने उचित दिनको रुपमा व्याख्या गरिने भ्यालेनटाइन डे अर्थात् प्रणय दिवस संचितालाई खुवै मन पर्ने दिन हो रे ! संचिता भन्छिन्- ‘मेरा हरेक भ्यालेनटाइन डे अविस्मरणीय छन् । हामी अहिले पनि यो दिनमा गुलाफ साटासाट गर्ने, चकलेट बाँड्ने गर्छौ ।’

 

कक्षाको पहिलो केटालाई भ्यालेन्टाइन डेको दिन गुलाफ उपहार दिएर प्रेम प्रस्ताव गरेको क्षण संचितालाई अझै ताजा याद छ । बचपनाको माया प्रेम बारे संचिता उत्साहित हुँदै सुनाउँछिन्- ‘ हामी कक्षा चारमा पढ्थ्यौं । भ्यालेन्टाइन डेमा फुल दिनुपर्छ भन्ने थाहा थियो । एउटा गुलाफ उस्लाई दिएँ । उस्ले पनि लजाएर लियो । घरबाट टिफिन लगेको केक आधा आधा बाँडेर खाँयौं ।’

 

कक्षा चारमा पढ्ने केटो संचिताको पहिलो प्रेमी बन्यो तर अन्तिम हुन सकेन । बालपनको प्रेमी कतिबेला कहाँ गयो ? संचितालाई कुनै पत्तो छैन । फिल्म खेल्न थालेपछि मायाको प्रस्ताव लिएर आउने धेरै थिए । मायाको प्रस्ताव लिएर आउने सबैसँग माया साट्न सम्भव थिएन । भ्यालेनटाइन डे चाहि कति जनासँग मनाइयो ? फिल्म क्षेत्रकी मायालु हिरोइनले हाँस्दै भनिन्- ‘एउटाको मात्रै नाम लिंदा न्याय नहोला नि !’