मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 3.29/5.00)
Text size:-
+
-

`हिम्मतवाली`लाई रेखा थापाले निर्देशन गर्दै

फिल्मीखबर, काठमाण्डौ, 2014/03/11

अभिनेत्री तथा निर्मात्री रेखा थापा निर्देशक भएकी छिन् । होम प्रोडक्सनको छायाँकनरत फिल्म ‘हिम्मतवाली’लाई रेखाले निर्देशन गर्दै गरेको एक्क्लुसिभ रिपोर्ट फिल्मीखबरलाई प्राप्त भएको छ ।

 

निर्देशक भएको बारे निर्मात्री तथा अभिनेत्री थापासँग बुझ्दा उनले निर्देशक श्याम भट्टराईको स्वास्थ्य बिग्रिएपछि आफैंले ‘हिम्मतवाली’ को निर्देशन गरिरहेको बताइ्रन् । स्वास्थ्य स्थितिबारे बुझ्न खोज्दा निर्देशक भट्टराईको मोबाइल स्विच अफ गरिएकाले सम्पर्क हुन सकेन । श्याम सुटिङस्थल महेन्द्रनगरबाट यसै साता काठमाडौं फर्किसकेका छन् ।

 

क्लाइमेक्स सिन सहित फिल्मको तीस प्रतिशत सुटिङ सकिएको जानकारी दिदैं रेखाले भनिन्, ‘श्याम दाईको स्वास्थ्य तत्कालै ठिक नहुने देखेपछि उहाँलाई उपचारको लागि काठमाडौं पठाएर आफैंले निर्देशनको जिम्मा लिएको हुँ ।’

 

सुटिङ सेटमा पुगेर निर्देशनको जिम्मा लिन सम्भव छ ? भन्ने जिज्ञासामा रेखाले भनिन्, ‘१२ वर्षे फिल्म करिअरमा मैले करिब दुई सय बढी निर्देशकसँग काम गरे होला । मसँग करिब दुई सय बढि निर्देशकको क्यामेरा एङ्गल र अनुभव छ ।’ फिल्मका कस्को नाम जान्छ त ? रेखाले प्रस्ट्याईन्, 'निर्देशकको नाम मेरै हुन्छ ।'
 

रेखाले करिब १५ दिनमा महेन्द्रनगरको सबै सुटिङ सकिने जानकारी गराइन् । रेखाकै निर्माण एवं निर्देशन रहेको 'हिम्मतवाली'लाई दशैं रिलिजको लक्ष्य राखिएको छ । एक्कासी श्याम बिरामी हुनु र रेखाले निर्देशनको जिम्मा सम्हाल्नुलाई अर्थपूर्ण तरिकाले बिश्लेषण भने गर्न सकिन्छ ।