Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

चुरोट तान्न नपाउँदा झरनालाई तनाव

फिल्मीखबर, काठमाण्डौ, 2014/03/11

यतिबेला सुटिङको समय छ । धेरैजसो फिल्मकर्मी फिल्मको छायाँकनमा व्यस्त भैरहंदा अभिनेत्री झरना थापाको भने नयाँ बानेश्वरको घरमा घाम ताप्दैमा दिन जान्छ ।

 

केही साता अघिसम्म मोफसलका महोत्सवमा घुमिरहेकी झरना यदि निर्माण युनिट सम्पर्कमा हुन्थ्यो भने फिल्म ‘नो स्मोकिङ’को सुटिङमा हुन्थिंन् । त्यसैले उनले फिल्मीखबरसँग ठट्यौली शैलीमा भनिन्, ‘नो स्मोकिङ युनिट हराएर तनाव भैरहेको छ । टिमको कोही पनि सम्पर्कमा आएका छैनन् ।’

 

सुमन दाहालले निर्देशन गरिहेको फिल्म केही साताको सुटिङपछि रोकिएको लामो समय भैसकेको छ । निर्माता मुरारी पोखरेलले सुटिङ सुरु गर्ने तत्परता नदेखाउँदा झरना सहितको टोली तनावमा परेको हो । ‘नो स्मोकिङ’ मा झरनाको मुख्य भूमिका छ ।

 

होम प्रोडक्सनको फिल्म ‘फेसबुक’ले व्यावसायिक नाफा नदिएपछि पति निर्माता सुनिल कुमार थापा फिल्म निर्माणमा रोकिएका छन् । चाँडै नै कर्मसियल फिल्म लिएर फ्लोर पस्ने थापा दम्पतीले बताउँदै आएका छन् ।