Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`ढकाल साँझ`मा फिल्मका गीत गुञ्जिने

फिल्मीखबर, काठमाण्डौ, 2014/03/12

गृष्मा ईन्टरटेन्मेन्टले राजधानीको होटल याक एण्ड यतीमा 'ढकाल सुमधुर साँझ २०७०' गर्ने भएको छ । नेपाली नयाँ बर्षलाई स्वागत गर्न नेपाली साँगीतिक आकाशका एक नक्षेत्र गायक रामकृष्ण ढकालले 'ढकाल सुमधुर साँझ'मा आफ्ना सुमधुर गीतहरू पस्कने छन् ।

 

मंगलबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि उक्त कार्यक्रमको बारेमा जानकारी गराउँदै आयोजक प्रमुख गृहेन्द्र घिमिरेले यसअघि नेपालमा नभएको उच्च स्तरिय एकल साँझ हुने दाबी गरे । गृहेन्द्रले यसो भनिरहँदा रामकृष्णले मन्द मुस्कान छर्दै भने- 'आयोजकले भने अनुसारकै यो कार्यक्रमलाई 'नेभर सिन विफोर' बनाउने मेरो पनि कोसिस रहने छ ।'

 

गायक ढकालले ०७० साललाई बिदाई गर्दै ०७१ साललाई स्वागत गर्न झण्डै ४ घण्टाको समयमा आफ्ना चर्चित गीतहरू पस्कने बताए । आफ्नो पहिलो फिल्म 'झझल्को'को 'जीन्दगीले यसरी धोका दियो कि' बोलको गीत सहित 'जाली रूमाल'को 'माछा पानीमा', 'आशिर्वाद'को ' 'मलाई यो जीन्दगीले', 'सिमा रेखा'को 'चिट्को गुन्यू' तथा पछिल्लो पटक उनले गाएको फिल्म 'छोडी गए पाप लाग्ला'को शिर्ष गीत सहित आफ्ना एल्बमका गीतहरू 'ढकाल सुमधुर साँझ'मा सुन्न सकिने 'आशिर्वाद' फिल्मका हिरो समेत रहेका गायक ढकालले बताए ।

 

तीन दशक लामो साँगीतिक यात्रामा हिंडिरहेका रामकृष्णले नेपाली फिल्ममा खासै धेरै गीत नगाएपनि आधुनिक, पप, लोक, गजल, भजन तथा राष्ट्रिय गरि हजार भन्दा बढी गीत गाईसकेका छन् । यिनै चर्चित गायकको सुमधुर साँझलाई स्तरियता प्रदान गर्न दार्जीलिङ र स्वेदशका बरिष्ठ बाध्यबाधकहरूले साथ दिनेछन् । 'ढकाल सुमधुर साँझ'मा रामकृष्ण सहित अन्य केहि लोकप्रिय कलाकारहरूको समेत प्रस्तुती रहने आयोजक संस्थामा प्रमुख गृहेन्द्रले बताए ।