Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

केशर महलमा गर्जियो `सेतो बाघ` (फोटो फिचर सहित)

फिल्मीखबर, काठमाण्डौ, 2014/03/10

फागुन २६ गते मध्यान्ह् केशर महलस्थित पुस्तकालय परिसर भित्र राणा शासनको झल्को दिने दृश्य देखियो । जहाँ आफ्नो सुसारे सहित शक्तिशाली शासकको रुपमा चिनिने जंगबहादुर राणा थिए ।

 

केशर महलको पुस्तकालयमा एक सय चार वर्षको अघिको राणा शासनलाई झल्को दिने गरी निर्देशक निर शाह ‘सेतो बाघ’को छायाँकन गरे । कलाकार वि.एस. राणालाई उनले प्रधानमन्त्री जंगबहादुर राणाको भूमिकामा प्रस्तुत गराए । त्यति बेलाकै पोशाकमा प्रस्तुत भएका कलाकार राणाले जंगबहादुरको भूमिकालाई पर्दामा उतार्न सहज नभएको अनुभव सुनाए भने निर्देशक शाहले जंगबहादुरको भूमिकामा कलाकार राणा सुहाउँदो भएको प्रतिक्रिया दिए ।

 

निर्देशक शाहले साहित्यिक कृतिमाथि फिल्म निर्माण गर्नु आफैंमा चुनौतीपूर्ण रहेको अनुभव साटे । उनले भने, ‘राणा शासनमै आधारित ‘बसन्ती’ फिल्मले मेरो धोका पुरा गरेन । त्यसैले ‘सेतो बाघ’ को निर्देशनमा उत्रिएको हुँ । यसको कथा रोचक छ ।’

 

एक सय चार वर्षे राणा शासनको अन्त्यसँगै नेपाल अहिले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको छ । तर, निर्देशक निर शाह भने क्रुर कालको रुपमा चिनिएको राणा शासन माथि फिल्म निर्देशनमा जुटेका छन् । ‘सेतो बाघ’ डायमन शमशेर राणाको साहित्यिक कृति ‘सेतो बाघ’ माथि आधारित छ ।

 

३५ प्रतिशत छायाँकन सकिएको ‘सेतो बाघ’ को सुटिङ सकिन अझै एक महिना लाग्नेछ । संजय लामा छायाँकार रहेको यो युनिट फिल्म खिच्न नवलपरासीसम्म पुग्नेछ ।