
अर्न्तराष्ट्रिय पर्वतीय महोत्सव (किम्फ) को ११ औं संस्करण मंसिर ३० गते आइतबार सकिएको छ । महोत्सवमा उत्कृष्ट हुँदै 'नो प्लेस इन फार अवे'ले १५ सय डलरको पुरस्कार प्राप्त गर्यो । यो मिसेल इबाभेनद्वारा निर्देशित मेक्सिकन डकुमेन्ट्री हो ।

सोलो रिलिज गर्दा समेत व्यापार उत्साहको नभएपछि र ठन्डीमा हलमा दर्शकको संख्या न्यून हुने आशंकाले निर्माताहरु फिल्म रिलिज गर्न डराएका छन् । जसको प्रत्यक्ष असर पौष महिनामा देखिने भएको छ ।

झुर फिल्मले दर्शक झुक्याएपछि विदेश बजारमा नेपाली फिल्मको माग ह्वात्तै घटेको छ । यसको प्रत्यक्ष असर राम्रा र मन पराइएका फिल्मलाई परेको छ । विदेशमा नेपाली फिल्म चलाएर नाफा कमाउनु निर्मातालाई फलामको चिउरा चपाउन भन्दा कठिन रहेको बुझिन्छ ।

बहुप्रतिक्षित फिल्म 'मायाज बार'ले लगानी उठाउने व्यापार गर्न नसक्दा निर्माता सुनिल मानन्धरको मुड फ्रेस थिएन । मुड फ्रेस नहुँदा फिल्म निर्माणमा सुनिलले सोच राख्ने कुरै थिएन । कसैले फिल्म बनाउने हो ? भनेर प्रश्न गर्दा पनि सुनिल झर्किने गर्दथे ।

मंसिर महिना फिल्म निर्माताको पक्षमा देखिएन । फिल्म क्षेत्रमा सफल निर्माताको रुपमा कहलीएका छवि ओझादेखि अन्य नयाँ निर्माताका फिल्मले प्रदर्शनबाट आफ्नो लगानी उठाउन सकेनन् ।

अभिनेत्री रेखा थापाले सुर्खेत जिल्लाको जंगलमा बस्दै आएका ५२ राउटे परिवारलाई एक-एक बोरा चामल वितरण गरेकी छिन् । रेखा स्वयम् अध्यक्ष रहेको रेखा थापा फाउन्डेसनले ती राउटे परिवारलाई एक महिनाको लागी चामल वितरण गरेको हो ।

