कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन (सिजेएमसी)ले जेठ ९ देखि जेठ ११ गते (२३–२५ मे) सम्म राजधानीको रसियन कल्चरल सेन्टरमा चौंथो 'नेपाल-अफ्रिका फिल्म फेस्टिवल–२०१४' आयोजना गर्ने भएको छ ।
अफ्रिका र नेपालबीच सांस्कृति आदान प्रदान तथा बिकासका लागि सहयोग पुगोस् र दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले फेष्टिवल सुरु गरिएको महोत्सव निर्देशक मञ्जु मिश्रले जानकारी गराईन् । फेस्टिवलमा प्रदर्शन हुने अफ्रिकी फिल्मले अफ्रिकी भू–राजनीति, समाज, जनजीवन, संस्कृति नियाल्न र बुझ्न मद्दत गर्ने मञ्जुको भनाई छ ।
फेस्टिवलमा मदर अफ जर्ज, नाइजेरियन गर्ल, मिस्टर बोन्स एटी, द गु्रम्स् व्राइड, वार वीच कंगो, वीनी मण्डेलालगातका अन्य अफ्रिकी फिल्मका साथै केही नेपाली फिल्म समेत प्रदर्शन गरिनेछ । सिजेएमसीले सन् २०११ देखि नेपाल–अफ्रिका फिल्म फेस्टिवल आयोजना गर्दै आइरहेको छ ।

