Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`जंगे`मा ऋचा : भन्छिन् `हिरोइनको भूमिका हैन`

फिल्मीखबर, काठमाण्डौ, 2014/03/22

अभिनेत्री ऋचा शर्मा फिल्म ‘जंगे’का लागि फाइनल भएकी छिन् । यही चैत पन्ध्र गतेदेखि छायाँकन प्रारम्भ हुने भनिएको फिल्मका लागि ऋचा औपचारिक रुपमै फिल्म खेल्ने पक्का भएको निर्माता सुसन प्रजापतीले फिल्मीखबरलाई जानकारी गराए ।

 

‘जंगे’ मा ऋचाले निभाउने भूमिका बारे निर्माता प्रजापतीले खुलाउन चाहेनन् । ‘टलकजंग भर्सेस टुल्के’ को डविङमा व्यस्त ऋचाले पनि ‘जंगे’मा आफ्नो भूमिका ‘हिरोइन टाइप’ को नभएको मात्रै खुलाइन् । उत्कल थापाले निर्देशन गर्ने ‘जंगे’को शिर्ष भूमिकामा कलाकार सुरज सिंह ठकुरी फाइनल भैसकेका छन् ।

 

ऐतिहासिक विषयवस्तुमाथि निर्माण हुने फिल्ममा सुरज र ऋचा सहित शिखा शाही लगायतका कलाकार यतिबेला वर्कसपमा व्यस्त छन् । यसअघि ‘अपवाद’ निर्माण गरेका निर्माता सुसनले ‘जंगे’ को पूरै छायाँकन विरगञ्जमा हुने बताए । लेखन, निर्माण र छायाँकन जिम्मा लिएका सुसनले ‘जंगे’ राजनीतिक विषयमाथि निर्माण हुने फिल्म भएपनि व्यावसायिक पक्षलाई ध्यान दिइने बताए ।