
फिल्म खेल्ने सहमती भैसकेको कलाकारलाई निर्माण यूनिट त्यतिबेला आउट गर्न बाध्य हुन्छ जतिबेला उक्त कलाकारबाट फिल्मलाई घाटा पुग्ने देखिन्छ । फिल्म 'एउटा साथी'मा पनि अभिनेत्री सुमिना घिमिरेलाई फिल्ममा अभिनय गराउँदा फाइदा नपुग्ने भन्दै आउट गरिएको छ ।

दशैंपछि हलमा दर्शकको भिड देखिएको छैन । सोलो रिलिजको अवसर पाएका फिल्मले समेत निर्मातालाई नाफा दिन सकेका छैनन् । आशा गरिएका फिल्म समेत घाटामा गएपछि निर्माता तथा निर्देशकको हातमा निराशामा मात्रै परेको छ । यद्पी फिल्म रिलिजको घोषणा गर्ने क्रम भने रोकिएको छैन ।

विशेष प्रदर्शनीमा फिल्म 'झोला'ले राम्रो प्रतिक्रिया बटुलेसँगै सो फिल्ममा अभिनय गर्ने अभिनेत्री गरिमा पन्तको पनि चर्चा चुलिएको छ । एक सय वर्ष अगाडीको सती प्रथामा आधारित फिल्ममा जयकला सतीको भूमिका निर्वाह गरेकी गरिमाको अभिनय हेर्ने सबैले अवार्ड विनिङ रहेको टिप्पणी गरेका छन् ।

दोस्रो संविधानसभाको चुनावमा काठमाण्डौ क्षेत्र नम्बर ७ बाट नेकपा एमालेको तर्फबाट बिजयी भएका अष्टनारायण हलका सञ्चालक रामविर मानन्धरले फिल्म सिटी दोलखामा नभई काठमाण्डौको चोभारमा हुनुपर्ने धारणा राखेका छन् ।

रिलको जोडी दिपकराज गिरी एक्कासी गायब दिपाश्री निरौलालाई पर्नु पिर परेको छ । तीतो सत्यमा लामो समयदेखि दिपाको जोडी भएर अभिनय गर्दै आएका दिपक गायब भएपछि निर्मल शर्मा गैंडा पनि टेन्सनमा परेका छन् ।

'लुट'मा हाकु कालेको भूमिका निभाएका सौगात मल्ल रातारात हिट भए । सौगातले छोटो समयमा झन्डै एक दर्जन फिल्ममा अभिनय गर्ने अवसर पाए । 'लुट'पछि सौगात अभिनित कुनै पनि फिल्मले व्यापारिक सफलता हात पार्न सकेका छैनन् ।

