
नेपाली फिल्ममा के चल्छ ? 'लुट' चलेपछि त्यसको सिको गर्ने धेरै निर्माता लुटिएका उदाहरण प्रशस्तै छन् । 'चपली हाइट'को जस्तो सेक्सी फिल्मले त हिजोआज हलमा पानी पनि पिउन पाइरहेका छैनन् । यौन केन्द्रित स्तर विहिन फिल्मको प्रचारमा मिडियाले समेत हात झिकेको अवस्था छ ।

फिल्म 'राघव'को ओर्जिनल साउण्ड ट्र्याक सार्वजनिक गरिएको छ । सञ्जिव सिंहको शब्द, संगीत तथा स्वर रहेको 'तिम्रो त्यो बोलीले मलाई बोलायो...' बोलको गीतमा शिबिर पोखरेल, अस्मिता ढकाललाई फिचर गरिएको छ ।

यसअघि 'हाइवे' फिल्म निर्माणका लागि सर्वसाधारणसँग सहयोगको हात फैलाएका निर्देशक दीपक रौनियारलाई दोस्रो प्रोजेक्टका लागि भने पुरस्कार स्वरूप झण्डै १४ लाख रूपैयाँ बराबरको धनराशी प्राप्त भएको छ ।

सफलताको यात्रा तय गर्न कठिन पर्छ । त्यो भन्दा कठिन सफलताको यात्रालाई कायम राख्न कठिन पर्छ । संगीतकार महेश खड्कालाई पनि सफलताको यात्रा कायम राख्न निकै कठिन परे जस्तो देखिन्छ ।

मंसिर २१ गते शुक्रवार हृदयघातका कारण मलेसियामा निधन भएका तामाङ फिल्म निर्देशक सुदिप दोङको आइतबार अन्तिम अन्त्येष्टी गरियो । तामाङ चलचित्र संघका सदस्य समेत रहेका दोङको शवलाई अन्तिम अन्त्येष्टिका लागि आइतबार नै काठमाडौं ल्याइएको थियो ।

पुसको ठन्डीमा फिल्म खिच्ने कार्य भने जारी छन् । सञ्चारकर्मी लक्ष्मण सुवेदीको फिल्म 'एउटा साथी'ले मंसिर महिनाको ३० गतेबाट छायाँकन प्रारम्भ गरेको छ । फिल्मको हाल काठमाडौं स्थित बाँसवारीमा इन डोर सुटिङ चल्दैछ ।

