Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

पोर्न स्टार सन्नी लियोन नेपाल आउने

फिल्मीखबर, काठमाण्डौ, 2014/03/23

पोर्न स्टार सन्नी लियोन नेपाल आउने भएकी छिन् । उनले आफ्नो अफिसियल ट्विटर अकाउन्ट मार्फत आईतबार आफु नेपाल आउने जानकारी दिएकी हुन् ।

 

 

भारतीय मुलकी क्यानेडियन पोर्न स्टार सन्नी लियोनले ट्वीट गरेकी छिन्, ‘आज नेपाल जाँदैछु । केही कामपछि विश्राम गर्नेछु ।’ बीग बोसबाट बलिउड प्रवेशको अवसर पाएकी सन्नीले पहिलो पटक ‘जिस्म २’ मा अभिनय गरेकी थिइन् । ‘सुट आउट एट वादाला’ र ‘ज्याकपट’ मा अभिनय गरिसकेकी सन्नी अभिनित फिल्म ‘रागीनि एमएमएस २’ हाल विश्वका फिल्म हलमा प्रदर्शन भैरहेको छ ।

 

‘नेपाल जाँदैछु’ भनेर ट्वीट गरेपनि सन्नी किन र कसको प्रायोजनमा नेपाल आउँदैछिन् ? खुल्न सकेको छैन ।