Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पत्रकारका अध्यक्षलाई बाबुराम भट्टराईको बधाई !

फिल्मीखबर, काठमाण्डौ, 2014/03/23

चलचित्र पत्रकार संघको अध्यक्ष पदमा दोस्रो पटक निर्वाचित भएका अध्यक्ष शान्तिप्रियलाई पूर्व प्रधानमन्त्री एवम् एमाओवादी नेता डा. बाबुराम भट्टराईले बधाई दिएका छन् । चैत ८ गते सवा चार बजे मोबाइलमा सम्पर्क गरी भट्टराईले शान्तिप्रियलाई बधाई दिएका हुन् ।

 

बाबुरामले बधाई दिएको बारे अध्यक्ष शान्तिप्रियले फिल्मीखबरसँग भने, ‘मेरो मोबाइलमा फोन गरेर उहाँले बधाई दिनुभयो । यो बाहेक उहाँसँग अरु लामो कुरा भएन ।’ बाबुरामसँग सभा समारोहमा समान्य देखभेट बाहेक व्यक्तिगत चिनजान तथा भेटघाट नभएको अध्यक्ष शान्तिप्रियले बताए । पार्टी अध्यक्ष प्रचण्डपछि उपाध्यक्ष बाबुराम कलाकारका प्रिय नेता मानिन्छन् । उनी अर्थममन्त्री भएका बेला नेपाल चलचित्र विकास वोर्डका लागि एक करोड रूपैयाँ र प्रधानमन्त्री भएका बेला पचास लाख रूपैयाँ उपलब्ध गराएका थिए ।

 

त्यस्तै नवनिर्वाचित चलचित्र पत्रकार संघको पहिलो कार्य समिति बैठक चैत ९ गते बसेको छ । पहिलो कार्य समिति बैठकले वार्षिक क्यालेन्डर छपाउने र जेठ ७ गते मनाउँदै आएको चलचित्र पत्रकारिता दिवस तथा पुरस्कार वितरणको कार्यलाई निरञ्तरता दिने निर्णय गरेको छ । बैठकमा चलचित्र पत्रकार संघको वेबसाइट निर्माण गर्ने विषयमा पनि छलफल भएको थियो ।