आफ्नो फिल्मको प्रेसमिट भएर होला हेमा श्रेष्ठले आफ्नो सौन्दर्यलाई निकै चम्काउने प्रयास गरेकी थिइन् । आफु अभिनित फिल्म ‘हँसिया’को प्रेसमिटमा हेमा निख्खर सेतो रङको वान पिसमा सुन्दरी भएर आएकी थिइन् ।


सुन्दरी हिरोइन देखेपछि फोटोग्राफरका क्यामेरा कहाँ बन्द भएर बस्थे र ? दरबारमार्गको मधुशाला रेष्टुरेन्टमा सहभागी सबै फोटोग्राफरका क्यामेरा हेमातिर सोझिए । क्यामेरा अन हुने वित्तिकै हेमाले पोज दिन सुरु गरि हालिन् ।
हिरोइनको छेउमा उभिएर पो कसलाई फोटो खिचाउन मन नलाग्ला र ? ‘हँसिया’ फिल्मसँग आवद्ध सबै युनिट सहित अन्य सहभागीले हेमासँग फोटो खिचाए । हिरोइनसँग उभिएर फोटो खिच्नेहरु मख्ख भए । तर, हेमा भने थाकेको जस्तो देखिइन् ।


‘फोटो खिचौं न’ भन्नेहरुसँग हेमा फोटो खिच्न अल्छि मानेको पारामा सुस्केरा हाल्दै भन्दै थिइन्, ‘फोटो खिच्दा खिच्दा घाँटी र खुट्टा नै दुखिसक्यो ।’ हेमाले यसो भन्दा छेउमै बसेका एक सहभागी प्याच्चै भनिदिए, ‘फिल्ममा चाहिं त्यत्रो गुन्डालाई तह लगाउने अहिले यति फोटो खिच्दा पनि घाँटी र खुट्टा दुख्यो भन्ने ?’ फोटो खिच्दा त घाँटी र खुट्टा दुख्यो भन्ने हेमाको फिल्ममा फाइट हान्दा के-के दुख्यो होला ?
निर्देशकसँगको कस्तो निकटता ?

यस्तै फिल्म 'हँसिया'को प्रेसमिटमा हेमा र निर्देशक मिलन चाम्सको निकटता पनि देख्न पाइयो । निर्देशक चाम्सलाई 'दाइ' भनेर सम्बोधन गर्ने हेमाले प्रेसमिटमा भने यस्तो छनक प्रस्तुत गरिन् जहाँ यि दुई बिचको सम्बन्धलाई 'दालमें कुछ काला है' भन्न बाध्य बनायो ।
सुटिङ अगावै हेमा र मिलनको बारेमा गाईंगुईं नचलेका हैनन् । कति मिडियालाई त उनीहरूले जवाफ पनि दिए, 'हामी विचको सम्बन्ध निश्चल रूपमा निर्देशक र हिरोइनको मात्र छ ।' आइतवारको प्रेसमिटमा भने त्यो देखिएन । कतिले त फेरि पनि निर्देशकलाई सोधे, 'खासमा के हो त सम्बन्ध ?' उनले सजिलै जवाफ दिए, 'बिशुद्ध निर्देशक र नायिका ।' सँगैको तस्विरले त त्यस्तो पक्कै देखाउँदैन !![]()

