Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

`भीमदत्त`लाई हङकङमा ३० लाख !

फिल्मीखबर, काठमाण्डौ, 2014/03/23

मुलुकभित्र प्रदर्शन नहुँदै सहिद भीमदत्त पन्तमाथि बनाइएको फिल्म 'भीमदत्त' मुलुकबाहिर प्रदर्शन गरिएको छ । चीनमै पहिलोपटक सार्वजनिक प्रदर्शन भएको फिल्म 'भीमदत्त' हङकङमा पनि प्रदर्शन गरिएको निर्माता नवल खड्काले जानकारी गराए ।

 

हङकङमा दुई शो भएको र उक्त शोबाट करिब ३० लाख रूपैयाँ आम्दानी भएको निर्माता नवल खड्काले जनाए । हङकङमा अझै दुई शो हुने उनको भनाई छ । हिमग्याप टासी लामाको निर्देशन रहेको फिल्मलाई ९ मार्चमा गैरआवसीय नेपाली समाज चीनको पहलमा व्यापारिक सहर ग्वान्जाउमा र मार्च २ र १५ मा हङकङमा प्रदर्शन गरिएको थियो ।



२००७ सालको परिवर्तनपछि सन् १९५० को सन्धि धोका भन्दै विद्रोह गरेका भीमदत्तलाई भारतीय र तत्कालीन शाही सेनाले पनि मार्न नसकेपछि मितलाई प्रयोग गरेर झुक्याएर २०१० साउन १७ मा मारिएको थियो । २७ वर्षको उमेरमा मारिएका भीमदत्त २००७ मा कांग्रेसको मुक्तिसेनाको तर्फबाट प्रजातन्त्रका लागि लडेका थिए । उनै भीमदत्तमाथि बनाईएको यो फिल्मलाई अमेरिका, युके, दुबई, ब्रुनाई, सिंगापुर, थाईल्याण्ड, कतार, इजरायल लगायत दुई दर्जन देशमा फिल्म रिलिज गर्ने तयारी गरेको नवलको भनाई छ ।



झन्डै डेढ करोड लगानी दाबी गरिएको फिल्ममा भीमदत्तको भूमिकामा नवल स्वयं देखिएका छन् भने पत्नीको भूमिका सुमिना घिमिरे छन् । अन्य भूमिकामा निशा अधिकारी, श्रीराम पुडासैनी, रमेश बुढाथोकी लगायतका कलाकारले अभिनय गरेका छन् ।