Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशक शिव रेग्मीको बायोग्राफीले रसाए आँखा

फिल्मीखबर, चितवन, 2014/03/24

चितवनको बाह्रघरेस्थित स्व.निर्देशक शिव रेग्मीको घर नजिकको दुर्गा मन्दिमा पुगेर फिल्म ‘मनले मनलाई छुन्छ’ युनिटले प्रेस मिट सम्पन्न गरेको छ । चैत ९ गते गरिएको प्रेसमिटमा फिल्मको पोष्टर रिलिजसँगै स्व.निर्देशक रेग्मीको ६ मिनेट लामो बायोग्राफी भिडियो देखाइएको थियो ।

 

 

 

स्व. निर्देशक रेग्मीको बायोग्राफी भिडियो हेरेर पत्नी ज्ञानु रेग्मी भावविहल बनेकी थिइन् । त्यस्तै वृद्ध आमाले स्व.छोरोको सम्झनामा विलौना गर्दा कार्यक्रममा सहभागी सवैका आँखा रसाए । एक छिन मौनता छायो ।

 

कार्यक्रममा निर्माता तथा अभिनेता विरेन श्रेष्ठले शिव रेग्मीको ‘मनले मनलाई छुन्छ’अन्तिम फिल्म भएकाले प्रदर्शनमा सबैले सहयोग गर्नु पर्ने भनाई राखे । अभिनेत्री गरिमा पन्तले स्व.निर्देशक रेग्मीबाट आफुले धेरै कुरा सिक्ने मौका पाएको अनुभव सुनाइन् । गरिमाले भनिन्, ‘उहाँ मेरो लागि सदैव आदर्श र असल गुरु हुनुहुन्छ ।’

 

 

निर्माता सुनिल सिटौलाले त्यहाँको दुर्गा मन्दिरमा टिनको छानो लगाएर टहरा बनाईदिने प्रतिवद्धता व्यक्त गरे । करिब डेढ घण्टा चलेको प्रेसमिटमा काठमाण्डौबाट गएको करिब आधा दर्जन पत्रकारको टोली सहित कलाकार, स्थानीय पत्रकार, वुद्धिजिवि, संघ संस्थाका प्रतिनिधि र स्थानीवासीको सहभागिता रहेको थियो । पारिवारिक विषयवस्तुको ‘मनले मनलाई छुन्छ’ फिल्म यही चैत २८ गते नेपाली नयाँ वर्षको अवसर पारेर देशभरका हलमा प्रदर्शन हुनेछ ।