
फिल्म नचले पनि फिल्मका विभिन्न विधामा दिइने अवार्डका कार्यक्रमहरु भने चलिनै रहन्छन् । बर्ष ०७० को पुससम्म आइपुग्दा जम्मा २ फिल्मले लगानी उठाउन सफल भएका छन् । यद्पी झन्डै आधा दर्जन संघ संस्थाले बर्षेनी बाँढ्दै आएको अवार्डलाई यस वर्ष पनि निरञ्तरता दिने तयारी गर्दैछन् ।

‘विवाहको लागी वैचारिक तथा समाजाकि रुपमा तयार हुनुपर्छ’ भन्ने विचार राख्ने अभिनेत्री सरिता गिरीले फिल्म ‘जनैको साँचो’ मा विवाहितको भूमिका निभाइन् । सरिताले सिउँदोमा सिन्दूर लगाइन्, गलामा हार लगाइन् अनि रातो चुरा र सारी । ‘नाटकीय विवाहमा पनि अलि फरक महसुश भने हुँदो रहेछ’, सरिताले क्यामेरा अगाडी विवाह गर्दाको अनुभव सुनाइन् ।

सुनिल थापा रजतपटका चर्चित खलपात्र हुन् । फिल्म ‘चिनो’ मा निभाएको ‘राते काइँला’ नामको भूमिकाले उनलाई रजतपटमा डरलाग्दो खलपात्रका रुपमा स्थापित गरायो । नेपाली फिल्मका यी डरलाग्दा खलपात्रलाई अब हिन्दी फिल्ममा पनि देख्न पाइने भएको छ ।

मिडियामा आउने विभिन्न खाले गसिपले सेलिव्रेटीलाई चर्चा मात्रै हैन तनाव पनि दिन्छ । साप्ताहिक पत्रिकाले गसिप बनाएर प्रकाशन गर्दा अभिनेत्री निता ढुङ्गाना पनि तनावमा परेकी छिन् ।

कलाकारलाई बचाउनको लागि सबै संचार गृहले गीत बजाए वापत रोयल्टी दिनु पर्ने संगीत सर्जकहरूले बताएका छन् । आज आईतबार नारायणगढमा भएको एक कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समय संचार गृहहरु धमाधम खुल्दै गएकाले कलाकार पीडामा परेको बताए ।

'बाबु आमाले गरेको गल्तीको सजाय यो अबोध बालबालिकाले भोग्दैछन्,' १७ जना एचआईभी संक्रमित बालबालिकाको अगाडी उभिएकी केकी भावुक भईन्- 'समाजले समेत तिरस्कार गरेको सुन्दा निकै दु:ख लाग्यो ।'

