शहरका माफियाहरूको कथामा बनेको फिल्म 'मुखौटा'को रिलिज मिति तय गरिएको छ । अभिनेता समेत रहेका अर्पण थापाले पहिलो पटक निर्देशन गरेको यो फिल्म यहि जेष्ठ १६ गतेबाट देशभर एकसाथ प्रदर्शन हुने निर्माता रबिन श्रेष्ठले जानकारी गराए ।
९ जना पात्रको वरीपरी घुमेको यो फिल्मलाई रिफ इन्टरटेनमेन्टले निर्माण गरेको हो । निर्देशक थापाकै अभिनय समेत रहेको 'मुखौटा'मा राजेश हमाल, सुनिल थापा, निशा अधिकारी, सौगात मल्ल, दयाहाङ राई, रविन तामाङ, हर्षिका श्रेष्ठ, प्रशान्त ताम्राकारको मुख्य भूमिका छ । फिल्मको कथा निर्देशक थापाले नै लेखेका हुन् ।
नरेन्द्र मैनालीको क्यामेरा रहेको ‘मुखौटा’ का द्धन्द्ध निर्देशक चन्द्र पन्त हुन् । फिल्मको पटकथा अर्पण र प्रतिक गुरुङले लेखेका हुन् । ४ गीत रहेको फिल्मको संगीत जेशन कुवँरको रहेको छ भने करियोग्राफी रेनशा राईको छ । फिल्मलाई राजधानी बाहिर एफडी कम्पनीले वितरण गर्नेछ भने काठमाण्डौ उपत्यका वितरक फाइनल गरिएको छैन ।

