Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिनेता शर्माले भने, `ठगीमा मेरो कुनै संलग्नता छैन`

फिल्मीखबर, काठमाण्डौ, 2014/03/30

चालिस जना भन्दा बढीलाई बेल्जियम पठाउने भन्दै चार करोड रुपैयाँको ठगी आरोपमा मुछिएका अभिनेता दिनेश शर्माले उक्त कार्यमा आफ्नो कुनै संलग्नता नभएको स्पष्टीकरण दिएका छन् ।

 

चैत १६ गते आईतबार प्रकाशित ‘म दोषी छैन’ शिर्षकको स्पष्टीकरणमा अभिनेता शर्माले लेखेका छन्, ‘बेल्जियम लैजाने भन्दै अभिनेताद्धारा ठगी’ भन्ने शिर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा जसरी मलाई अभियुक्तका रुपमा चित्रण गरिएको छ, यस घटनामा मेरो कुनै संलग्नता नरहेकाले मेरो स्वाभिमानको रक्षार्थ यस संवेदनशील विषयमा खण्डन छपाइदिनु हुन आग्रह गर्न चाहन्छु । यस घटनाको सत्य तथ्य अनुसन्धान गरी अविलम्ब दोषीउपर कारबाही अगाडी बढाउन सम्बन्धीत पक्षसँग पनि आग्रह गर्न चाहान्छु ।’

 

नक्कली कलाकार बनाएर बेल्जियम लैजाने आश्वासन देखाएर अभिनेता शर्मा सहित अन्य तीन जनाले चालिस बढीलाई ठगी गरेको आरोप लागेको छ । पिडित जेएन घिमिरे, कृष्णकुमारी कँडेल, प्रतिभा सुवेदी, शोभा राई, उषा थापा सहित ८ जनाले करिब चार करोड गरेको भन्दै वैदेशित रोजगारमा बुधबार उजुरी गरेका छन् ।