Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वर्गद्वारी माईसँग जोडी जमाइदिन आग्रह (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/03/30

फिल्मी बजारमा अफयेर रहेको हल्ला व्यापक भैरहँदा अभिनेत्री सौजन्य सुब्बा र भूपेन चन्दले अभिनय गरेको फिल्म ‘माया गर ल’को साँगीतिक भिडियो सार्वजनिक भएको छ । रियलमा जोडी जमाईरहेका भूपेन र सौजन्यले रिलमा भने स्वर्गद्वारी माईसँग जोडी जमाइदिन आग्रह गरेका छन् ।

 

 

‘राप्ती तरेसी’ बोलको भिडियोमा सौजन्य र भूपेनसँगै कलाकारद्धय मुकेश ढकाल र ऋचा सिंह ठकुरी देखिएका छन् । संगीत सुरेश अधिकारीको संगीत छ । स्वर उत्तम लिम्वु र भगवती परियारले दिएका छन् । फिल्मका निर्देशक मदन घिमिरेले नै गीतको लागि शब्द तयार गरेका छन् । रामकेशर वोगटी र मदन घिमिरेको संयुक्त लगानी रहेको फिल्म ‘माया गर ल’ आउँदो वैशाख १२ गते अल नेपाल प्रदर्शन हुंदैछ ।