
कुनै बेला नेपथ्य समूहका गायक अमृत गुरुङले भनेका थिए- 'कलाकार धनी हुन देश धनी हुनुपर्छ ।' उनको भनाइको गहिराई बुझ्ने हो भने वास्तवमै नेपाली धनी हुन देशको खेल, कला, फिल्म क्षेत्र धनी हुनुपर्ने रहेछ ।

आगामी पौष २६ गते रिलिज हुन लागेको फिल्म 'बितेका पल'मा अभिनेता बाबु बोगटीको भूमिका के-कस्तो छ ? अहिलेसम्म खुलाईएको छैन । प्रचार प्रसारमा अभिनेत्री केकी अधिकारी र अबिनाश गुरूङलाई मात्र प्राथमिकता दिईेको यस फिल्मको रोमान्टिक गीत रिलिज गरिएको छ जसमा बाबु र केकीलाई फिचर गरिएको छ ।

कलाकार हुँदै निर्माता बन्न लागेका सुवास थापा आफ्नो लगानी रहेको फिल्म ‘बिर्खेलाई चिन्छस्’ फिल्म उत्कृष्ट बनोस् भन्ने पक्षमा छन् । प्रदर्शन पश्चात व्यापारिक तथा समिक्षात्मक टिप्पणी बारे अड्कल काट्न कठिन होला । तर, सुवास प्रदर्शन पछिको प्रतिक्रिया राम्रो होस् भनेर फिल्मको सुटिङदेखि पोष्ट प्रोडक्सनमा मेहनती देखिएका छन् ।

पुसको जाडोमा सडक बालबालिकालाई 'छ एकान छ' युनिटले न्यानो ज्याकेट बाँडेको छ । दरबारमार्गका सडक बालबालिकालाई फिल्मको नाम अंकित करिब एक सय ज्याकेट बाँडिएको हो ।

बलिउड स्टार आमिर खानको ‘धुम थ्री’ फिल्मले उधुम मच्याइरहेको शहरमा क्रिसमस डेको रौनक पनि चल्दैछ । काठमाडौं शहरमा क्रिसमसको अघिल्लो साँझ फिल्म हल भन्दा होटल तथा रेष्टुरेन्ट बढी चले । शहरमा क्रिसमस इभ (क्रिसमस साँझ) खुवै चल्ने गर्दछ ।

तपाईंको बिहे कहिले हुन्छ ? राजेश हमालले यो प्रश्नको सामना गर्न थालेको बर्षौं भईसक्यो । केहि बर्षसम्म्म मौन रहेका हमालले भने बिगत २/३ बर्षदेखि अब बिहे गर्छु भन्दै आएका छन् । तर, उनको बिहेको लगन भने कहिल्लै आएन ।

